कोभिड प्रभावित विपन्न परिवारलाई पोखरा लेकसिटीको राहत

पोखरा । लायन्स क्लब अफ पोखरा लेकसिटीले राहत वितरण गरेको छ । कोभिड १९ बाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न लगायत सामग्री वितरण गरिएको हो ।

पोखरा ११ को वडा कार्यालयमा मंगलबार २० घरपरिवारलाई राहत वितरण गरिएको क्लबका अध्यक्ष विश्वमोहन अधिकारीले जानकारी दिए । वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का कोचिफ एडभाइजर राजेन्द्रकुमार बाटाजूले विषम परिस्थितिमा क्लबले राम्रो कार्यक्रम गरेको बताए ।

कार्यक्रममा रिजन चियरपर्सन मदन केसी, जिएमटी कोअर्डिनेटर मीनराज काफ्ले, निर्देशक राजन शर्मा, क्लबका पूर्व अध्यक्ष रमेश कर्माचार्य, देव क्षेत्री, बिमल बिजुक्छे, हरिश्चन्द्र रञ्जित, निबर्तमान अध्यक्ष नारायण कोइराला, तृतीय उपाध्यक्ष सुनिलकुमार मानन्धर, कोषाध्यक्ष विद्याप्रसाद मर्सानी लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव सुदिप ढकालले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.