कोभिड –१९ सम्वन्धी झुटो अफवाह फैल्याएको अभियोगमा २ जना पक्राउ

पोखरा । कोभिड १९ सम्वन्धी झुटो अफवाह फैल्याउने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वत घर भई पोखरा ५ बस्ने २९ बर्षीय ईश्वर रिमाल र चितवन घर भई पोखरा ९ बस्ने २२ बर्षीय निरज लम्साललाई प्रहरीले पक्राउ गरेको हो ।

रिमालले आफ्नो पिसिआर परिक्षण जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशबाट गराएकोमा परिक्षण रिपोर्ट उटलपुटल गरी सामाजिक संजालमा झुटो अफवाह फैल्याएकोमा पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्र.ना.उ. सुवास हमालले जानकारी दिए ।

उनिहरुलाई झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन ७ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

lcci
You might also like

Comments are closed.