कोमागाने पार्कमा ‘ड्रगिष्ट’हरु लुक्न थालेपछि सफाई गरिदै ! (भिडियोसहित)

पोखरा । पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडसँगै रहेको कोमागाने पार्कलाई झाडीले छोपेपछि महानगरले सरसफाई अभियान सुरु गरेको छ । निशेधाज्ञाको समयमा केही मजदुरलाई ज्याला दिएर पोखरा महानगरपालिका वडा नं. ६ ले पार्क सफाई अभियान सुरु गरेको हो ।

पार्कको झाडीमा ड्रगिष्ट (लागुपदार्थ प्रयोगकर्ता) हरु लुक्ने गरेको थाहा पाएपछि सफाई अभियान सञ्चालन गरिएको वडा सदस्य हरि पहारीले आर्थिक आवाजलाई जानकारी दिए । दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने श्रमिकहरुलाई ६० हजार रुपैयाँमा ठेक्का दिइएको हो । उक्त बजेटले नपुगे वडाबाट निर्णय गरेर बजेट थप गर्ने उनले जानकारी दिए ।

पार्कलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गरी आयआर्जन गर्न सकिने पहारीले बताए । पार्कलाई व्यवस्थित बनाउन राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

You might also like

Comments are closed.