कोरोनाको मारमा परेका ग्राहकलाई नबिल बैंकले दियो ब्याजदरमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ऋणिलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणि गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।

ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणि ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणिले प्राप्त गर्ने छैनन् । बैंकको यो प्रयासले ऋणिलाई राहत हुनेछ ।

‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले हाम्रा सबै ऋणिलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएका छौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणिको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैन्ँन् ।’

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालीन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजना समेत बनाएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल स्तरीय सेवा प्रदान गर्दै आएको नबिल बैंकका १ सय १९ शाखा, १ सय ८५ एटिएम र १ हजार ५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । ‘बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको शुरुवात गर्ने तर्फ केन्द्रित छ,’ शाहले भने ।

You might also like

Comments are closed.