कोरोनाबाट बच्न चीनले बनायो ‘एन्टी भाइरस कार’

काठमाडौं । कोरोना भाइरसबाट बच्न चीनले हालै एन्टी भाइरस कार निर्माण गरेको छ । सो कारको कुनै पनि स्थानमा कोरोना भाइरस बाँच्न सक्दैन । कारको फिचरले ब्याक्टेरिया र भाइरसको ट्रान्समिसन रोक्ने दावी गरिएको छ । चीनको अटो कम्पनी जिलीले सो एसयूभीमा भएको एयर फिल्ट्रेसन सिस्टमले कारमा भाइरसको संक्रमणबाट बचाउन मद्दत गर्ने दावी गरेको छ ।
सो कारलाई इन्टेलिजेन्ट एयर प्युरिफिकेसन सिस्टम नाम दिइएको छ । कम्पनीका अनुसार सो एसयूभीले ०.३ माइक्रोमिटर आकारको पार्टिकललाई ९५ प्रतिशतसम्म रोक्न सक्षम छ ।

कोरोना भाइरस ०.०६ देखि ०.१४ माइक्रोमिटरसम्मको हुने गर्छ । चिनियाँ कम्पनी जिलीले हेल्दी कार प्रोजेक्ट नामबाट ५ करोड २ लाख डलरको लागतमा काम सुरु गरेको छ । सो कारको माग बडिरहेको कम्पनीले दावी छ ।

कार सार्वजनिक भए पश्चात ३० हजार युनिट यस्ता कारको अर्डर आएको कम्पनीले बताएको छ । यद्यपि चाइना मार्केट रिसर्च ग्रुपका एमडी शुआन रेनले कोरोनामुक्त भनेर प्रचार गरिने कुनै पनि कार कम्पनीको भनाइमा नलाग्न चेतावनी दिएका छन् ।
विशेषज्ञहरुले आफ्ना प्रोडक्ट बिक्रीका लागि विभिन्न कार कम्पनीहरुले यस्ता फण्डा ल्याउने भएकाले त्यतातिर ध्यान नदिन आह्वान गरेका छन् । विश्वमा हाल कोरोना भाइरसको कारण २ लाख ५० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । विश्वका केही देशमा अझ पनि लकडाउन कायमै रहेको छ र अझ बढ्ने सम्भावना रहेको छ ।

You might also like

Comments are closed.