विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै उनीहरूलाई वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न भनेको छ । युवाहरूको व्यवहार ‘अन्य व्यक्तिको लागि जीवन र मरणबीचको फरक हुनसक्ने’ डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।
संसारभर कोभिड–१९ का कारण ११,००० भन्दा धेरै मानिसको ज्यान गएको छ । झण्डै २५०,००० मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।
कोरोनाभाइरसबाट युवाहरूलाई जोखिम कम भएको विवरणबीच धेरै देशहरूमा युवाहरूले स्वास्थ्य सुझाव पालना नगरेको समाचार आएपछि डब्ल्यूएचओका प्रमुखको भनाइ आएको हो । कोरोनाभाइरस सङ्क्रमण चीनबाट सन् २०१८ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ ।
सबैभन्दा धेरै मानिसको ज्यान इटलीमा गएको छ जहाँ शुक्रवारसम्म ४,०३२ जनाको मृत्यु भइसकेको छ ।
बिबिसीले समाचार छापेको छ ।
https://www.bbc.com/nepali/news-51985962
Comments are closed.