कोरोना कहर : कसैलाई अभिसाप, कसैलाई अवसर

कोरोना र लकडाउनकै बीच शुरु भयो सेती हाइड्रोपावर

 

 

पोखरा ।

नोभल कोरोना भाइरस (कोभिड–१९) कसैलाई अभिसाप बनेको छ भने कसैलाई अवसरपनि बनेर आएको छ । कोरोनाका कारण पेशा व्यवसाय चौपट बन्दा मजदुरदेखि उद्योगी व्यवसायीसम्मलाई यो कोरोना कहर अभिसाप बनिरहँदा केहिलाई भने यो अवसर बनेर आएको हो । प्रतिकुलतामापनि अनुकुलता देखेर काम गर्न सक्ने व्यक्ति नै सफल हुन्छ भन्ने नेपाली आहानलाई चरितार्थ गर्न भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेड लागिपरेको छ । उसले कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलास्थित राजबगरमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना (सेती हाइड्रोपावर) निर्माणको काम शुरु गरेको हो ।

बुटवलको यो कम्पनीले ५ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागेको सो हाइड्रोपावरको काम गत बैशाख २२ गतेबाट शुरु भएको हो । कोरोना अभिसाप मात्र नभई यसलाई अवसरमापनि परिणत गर्न सकिन्छ भन्ने लागेर हाइड्रोपावरको काम शुरु गरेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । काम शुरु भएपनि शिलान्यास भने गरिनसकिएको आयोजनाले जनाएको छ । कोभिडका कारण शिलान्यासमा ढिलाई भएको हो,‘उनले भने,‘सामाजिक दुरी कायम गर्दै मास्क र सेनिटाइजरको प्रयोग गरेर काम शुरु गरेका छौं, सहज वातावरण बन्ने वित्तिकै मध्य असोज तिर शिलान्यास गर्ने योजना बनाएका छौं ।’

२०७९ साल असोज मसान्त सम्ममा राष्ट्रिय प्रशारण लाइनमा जोड्नेगरी काम शुरु गरिएको भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेडले जनाएको छ । जस अन्तर्गत हाल सिभिल निर्माणको काम भइरहेको छ । रसुवा लुना जेभीले निर्माण गरिरहेको सिभिल निर्माण अन्तर्गत सेटलिङ बेसिन(पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ ।

दैनिक चारवटा एक्साभेटर र दुई वटा गाडीसहित ५० जना मजदुर प्रयोग गरेर बेसिन खन्ने र माटो व्यवस्थापन गरिने कार्य भइरहेको अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार बेसिनसँगै बेसिनसम्म पुग्ने कुलो (एप्रोच क्यानल) निर्माणको काम समेत भइरहेको छ । बेसिन ६० मिटर लम्बाई र २३ मिटर चौडाइ तथा २२ मिटर गहिरो बनाइने उनले बताए ।

सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन (प्रशासरण लाइन) को काम अघि बढाउन निर्माण कम्पनी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वान भईसकेको पोखरेलले जानकारी दिए ।

कम्पनीले भदौ १५ गतेदेखि फूल फ्लेजमा काम हुने जनाएको छ । थप ३ सय मजदुर थपेर मजदुर संख्या ३५० पु¥याएर काम गरिने अध्यक्ष पोखरेलले जानकारी दिए ।

आयोजनाका अनुसार माछापुच्छ«े–२ सार्दीखोलास्थित राजबगरमा निर्माण हुने सेती हाइड्रोका लागि सेती मुहानमा ४ सय मिटर लामो एप्रोच क्यानल बनाइन्छ । एप्रोच क्यानलमार्फत गएको पानी सेटलिङ बेसिनमा थिग्रिन्छ । जहाँ ठूलठूला काठ, ढुंगाहरु मात्र थिग्रिने अध्यक्ष पोखरेलले जानकारी दिए । सेटलिङ बेसिनबाट साढे ४ किलोमिटर भूमिगत पाइपमार्फत पोखरा महानगरपालिका–१९ सँग जोडिएको चिन्तेबगर पु¥याएर १८७ मिटर उचाइबाट पानी खसालेर विद्युत उत्पादन गरिन्छ । यसरी उत्पादित विद्युत थप साढे ४ सय मिटर पश्चिममा रहेको माछापुच्छ«े ४ स्थित लाहाचोकमा रहेको निर्माणाधीन विद्युत सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख लेखनाथ पाण्डेले जानकारी दिए ।

बर्खामा २५ मेगावाटसम्म र हिउँदको केहि महिना १०÷११ मेगावाट बिजुली निस्किने आयोजनाले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत वर्षा याममा ६ महिना चार रुपैयाँ ८० पैसा र हिउँद याममा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता यसअघिनै भइसकेको आयोजनाले जनाएको छ ।

५ अर्बको लागतमा निर्माण गर्न लागिएको हाइड्रोपावरमा कूल लागतको ७० प्रतिशत वैंक तथा वित्तिय संस्था तथा नीजि क्षेत्रबाट लगानी हुनेछ भने बाँकी ३० प्रतिशत लुम्विनी उर्जा प्रालिको लगानी हुनेछ । स्थानिय आयोजना प्रभावित जनतालाई १० प्रतिशत शेयर दिइने जनाइएको छ ।

You might also like

Comments are closed.