काठमाडौं । एकातर्फ नेपालीहरुको महान पर्व दसैं नजिकिदै छ भने अर्कोतर्फ राजधानी काठमाडौंमा कोरोनाकोे जोखिम बढिरहेको छ । बजारमा चहलपहल बाक्लो छ । दसैंको चहलपहल बढ्दा राजधानीमा कोरोना जोखिम झनै बढ्ने सम्भावना रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
दसैंमा राजधानीबाट गाउँगाउँ जानेहरुको संख्या बढ्न सक्छ । राजधानी कोरोनाको हटस्पट बनिरहँदा दसैंमा यहाँको संक्रमण अन्यत्र जिल्ला तथा गाउँगाउँमा पनि फैलनसक्ने विज्ञहरु बताउँछन् ।
कोरोना महामारीका बीचमा दसैं आउँदै गरेकाले जो जहाँ छौं त्यहीँ बसेर दसैं मनाउन स्वास्थ्य मन्त्रालयले समेत सर्वसाधरणलाई अपिल गरिसकेको छ ।
राजधानीमा कोरोना संक्रमणको जोखिम बढेकाले दसैंमा एक ठाउँबाट अर्को ठाउँमा नजान मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका गरे । स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न उनको आग्रह छ ।
Comments are closed.