कोरोना नियन्त्रण अभियानमा थापाको साथ, नेपालमा भित्रिए रोश कम्पनीबाट स्वास्थ्य सामग्री

काठमाडौं । रोश डायग्नोस्टिक्स (Roche Diagnostics) कम्पनीको नेपालका लागि एक मात्र प्रतिनिधी डाइग्नोटेक सपोर्ट प्रा.लि. हो । कोरोना महामारीको समयमा स्वास्थ्य क्षेत्रमा प्रा.लि.को योगदान महत्वपूर्ण देखिएको छ । प्रा.लि.का कार्यकारी अध्यक्ष सुशील थापाले आफूले काम गर्ने स्वीस कम्पनी रोश र नेपालस्थित स्वीस दुतावाससॅंग समन्वय गरी नेपाल सरकारलाई कोरोना नियन्त्रण अभियानमा योगदान पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग ल्याउन सफल भएका छन् ।

‘कोरोना महामारीमा आफ्नो देशको लागि आवस्यक परेको गुणस्तर युक्त कोरोना परीक्षण गर्ने पिसीआर सामग्रीको ठुलो परिमाणमा सहयोग पटक पटक ल्याउन सफल हुँदा निकै खुसी लागेको छ,’ थापाले भने ।

डाइग्नष्टिक साइन्सको अन्वेषणमा अग्रपंक्तिमा रहेर काम गरी रहेको अन्तर्राष्ट्रिय कम्पनी रोश ( Roche) स्विजरल्याण्डमा स्थापित १ सय २५ वर्ष भन्दा पुरानो कम्पनी हो । यस डाइग्नष्टिक क्षेत्रमा २००७ देखि नै रोश प्रथम स्थानमा रहेको थापाले बताए । कोरोनाको संक्रमण पुष्टी गर्ने पिसीआर बिधीको टेष्टलाई अमेरिकी गुणस्तर मापन सॅंस्था USFDA ले Roche बाट निर्मित पिसीआर टेष्टलाई पहिलो गुणस्तरको प्रमाणपत्र २०२० मार्च १४ मा दिएको थियो ।

Roche कम्पनीले बनाएको इम्युनो एसे स्वचालित एनालाइजरमा प्रयोग गर्न मिल्ने कोभिडको हाई एफिनिटी टोटल एन्टिबडी टेष्ट समेत USFDA तथा युरोपियन युनियनको फ्रि सेल्स CEIVD को गुणस्तर प्रमाण प्राप्त टेष्ट हो । यस बिधीबाट नेपालमा समेत बिस वटा भन्दा बढी निजी तथा सरकारी ल्याबोरेटोरीमा पहिलादेखि नै चलन चल्तिमा आएको रोशका एनालाइजर Cobas e411 तथा Cobas e601 हरूमा कोभिडको टेष्ट गर्न सम्भव रहेको NPHL तथा स्वास्थ्य मंत्रालय जानकार  रहेको थापाले जानकारी दिए ।

यस टेष्टको महत्व समुदायमा रहेको ‘सेरो प्रिभेलेन्स’को सर्वेक्षण गर्नका लागि छ। नेपालमा पनि महामारीको समयमा यस्ता सर्वेक्षणको डाटा लिई जनस्वास्थ्यको उचित सम्बर्धन गर्नु राज्यको दायित्व भित्र पर्ने हुनाले उचित समय आई सकेको र  मंत्रालयले यसबारे छिट्टै गाइडलाइन ल्याउने छ भन्ने आशा गरिएको थापाले बताए ।

नेपालस्थित स्वीट्जरल्याण्डको राजदुताबासले २०२० मे ७ तारिख नेपाल सरकार स्वास्थ्य मंन्त्रालय लाई Roche तथा यस्का Allied कम्पनिबाट निर्मित ३० हजार पिसीआर टेष्टिन्ग तथा ३० हजार हाई-प्योर आर एन ए एक्स्ट्राक्सन किट स्वीस राजदुतबाट स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

जुलाई २३, २०२० मा समेत दोश्रो पटक Roche तथा यस्का Allied कम्पनीबाट निर्मित ४० हजार पिसीआर टेष्टिन्ग तथा ४० हजार हाई-प्योर आर एन ए एक्स्ट्राक्सन किट मध्येबाट आधा परिमाण स्वीस राजदुताबासको माग बमोजिम कार्गो चार्टर्ड फ्लाईटबाट काठमाडौं बिमान स्थलमा उत्रेको छ ।

उक्त सामग्री आधा-आधा गरी दुई पटकमा काठमाडौं ल्याइने थापाले जानकारी दिए । अत्यन्त राम्रो गुणस्तरका कारण संसार भरिबाटै अत्याधिक मागका कारण भने जति परिमाण एकै पटक दिन नसकिएकाले आपूर्तिका लागि ६-८ हप्ता कुर्नु पर्ने बाध्यता अझै बाँकी रहेको थापा बताउछन् ।

त्यसैगरी Roche बाट निर्मित रियल टाईम पिसीआर LightCycler480 II समेत दुई वटा मेसिन स्वीस दुताबासले नेपालको प्रदेश १ मा प्रदान गर्ने तय गरेको छ । यसको बितरण प्रबन्ध मिलाई सकिएको तथा बाटोले साथ दिएमा तथा प्रयोगशालाहरूको अन्य ईन्फ्रास्ट्रक्चर तयार अबस्थामा भएमा आगामी आइतबारदेखि नै सॅंचालनमा ल्याउने गरी रोश प्रशिक्षित दक्ष बायोमेडिकल ईन्जिनियर खटाई सकिएको जानकारी समेत थापाले जानकारी दिए ।

You might also like

Comments are closed.