कोरोना प्रभावित व्यवसायीलाई राहत दिदै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले स्वरोजगार यातायात मजदुर तथा व्यवसायीलाई राहत वितरण गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमका कारण जारी लकडाउनबाट व्यवसायीहरु मर्कामा परेपछि प्रालिले राहत वितरण गर्न लागेको अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

‘दैनिक रोजिरोटीको समस्या भएको बर्तमान सन्दर्भमा थोरै भएपनि राहत प्रदान गर्न लागेका छौं,’ उनले भने । प्रत्येक स्वरोजगार मजदुर तथा यातायात व्यवसायीलाई १५ हजार रुपैयाँका दरले तत्काल राहत वितरण गरिने केसीले जानकारी दिए । ‘प्रालिमा आबद्ध १ हजार ३ सय जना स्वरोजगार मजदुर तथा व्यवसायीलाई यही साताभित्र राहत वितरण गरिसक्नेछौं ।’

लकडाउनका कारण प्रालिको प्रधान कार्यालय पोखरा आउन सम्भव नभएकाले व्यवसायीलाई खातामा नै नगद जम्मा गरिने केसीले जानकारी दिए ।

You might also like

Comments are closed.