कोरोना भाइरस प्रभावित विद्यार्थीलाई ओली एण्ड एसोसिएट्सले सहयोग गर्ने

काठमाडौं । स्ट्रेलिया र नेपालमा विद्यार्थीहरुको लागि शैक्षिक परामर्श, माइग्रेसन, आयकर र सुपरएनुएसन सम्बन्धी सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित विद्यार्थीलाई सहयोगको घोषणा गरेको छ ।

कोरोना भाइरसका कारण प्रभावित विद्यार्थीलाई प्रतिव्यक्ति ५० डलर बराबरको आधारभूत ग्रोसरी सहयोग गर्ने घोषणा गरेको हो । यो सहयोग रकम पाउन ओली एण्ड एशोसिएट्सबाट अष्ट्रेलिया आएकै विद्यार्थी हुनुपर्ने छैन । व्यावसायिक सामाजिक दायित्व पूरा गर्दै ओली एण्ड एसोसिएट्सले यस्तो निर्णय गरेको प्रवन्ध निर्देशक भवानी ओलीले जानकारी दिए ।

‘कम्पनीले कोरोना भाइरसको संक्रमणको अवस्थालाई हेरेर विद्यार्थीहरुलाई आगामी दिनहरुमा थप सहयोगहरू घोषणा गर्दै जानेछ,’ उनले भने, ‘हाललाई अस्ट्रेलियाका विभिन्न सहरहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरु यस राहत प्याकेजबाट लाभान्वित हुन सक्नेछन् ।’ सहयोग प्याकेजमा सहभागी हुन विद्यार्थीहरुले  यो लिंक  गएर फारम भरी १० मे २०२० भित्रमा पठाउनुपर्नेछ ।

ओली एण्ड एसोसिएट्सले कोरोना भाइरसको संक्रमणको कारण बेरोजगार भएका र दैनिक जीवन यापनमा समेत समस्या भएका विद्यार्थीहरुको लागि गैर आवासीय नेपाली संघ अस्ट्रेलिया र अस्ट्रेलियन एजुकेसन कन्सलटेन्स अलाएन्सको अभियानमा ऐक्यवद्धता जनाइसकेको छ ।

१८ वर्ष अघिदेखि निरन्तर सञ्चालनमा रहेको ओली एण्ड एसोसिएट्सले कसैलाई आफ्नो वा पराई नभनी यस प्रकारको विषम परिस्थितिमा सबैलाई समान रूपमा सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज घोषणा गरेको निर्देशक ओलीले बताए ।

ओली एण्ड एसोसिएट्सले अस्ट्रेलियामा व्यावसायिक सामाजिक दायित्व अन्तर्गत गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका विभिन्न कार्यक्रमहरू, गोर्खा नेप्लिज कम्युनिटीद्वारा संचालित ओली एण्ड एसोसिएट्स कप फुटबल लिग, सेन्ट जर्ज नेप्लिज क्लब, नेप्लिज अस्ट्रेलियन एसोसिएसन चिल्ड्रेन ट्यालेन्ट नाइट, नेपाली रिक्रियसनल क्लब लगायत दर्जनौं सामाजिक संस्था र कार्यक्रमहरुमा निरन्तर सहयोग गर्दै आएको छ ।

You might also like

Comments are closed.