कोरोना भाइरस संक्रमण विरुद्ध सिटी रेवानको सचेतना

पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एशोसिएसन (सिटी रेवान) कास्की कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा सक्रिय बनेको छ । सिटी रेवानको अगुवाइमा मंगलबार पोखरामा सचेतना र्याली भएको अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

सर्वसाधारणलाई सचेत गराउँदै मास्क तथा जानकारीमूलक पर्चा वितरण समेत गरिएको उनले बताए । पोखराको नागढुंगा, शिवालयचोक, सिर्जनाचोक, जिरो किमी, सभागृहचोक, न्यूरोड क्षेत्रमा सर्वसाधारणलाई १ हजार वटा मास्क वितरण गरिएको छ । अभियान बुधबार पनि जारी रहेको तिमिल्सनाले जानकारी दिए ।

‘३ हजार मास्क र १५ हजार प्रति पर्चा बाढ्ने अभियानमा हामी छौं,’ उनले भने ‘कोरोनाबाट बच्नका लागि हामी सबैले सचेतना जगाउन आवश्यक छ ।’ सिटी रेवानले सञ्चालन गरेको यो अभियान प्रशंसनीय रहेको पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले बताए ।

You might also like

Comments are closed.