पोखरा ।
सचेत नागरिक सुरक्षित समाज भन्ने नाराका साथ रोटरी क्लब अफ़ पोखरा न्यूरोडले शनिवार डिस्निफेक्सन एवं सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।कोभिड १९ को वर्तमान महामारीको स्थितिमा जोखिम कम गर्न पोखरामा कीटाणुशोधन कार्यक्रमको आयोजना गरिएको हो। सो कार्यक्रममा मानव स्वास्थ्यमा प्रतिकुल असर नपर्ने ग़ैर बिषादीयुक्त स्प्रे छर्ने काम गरिएको थियो।
रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना, बाबा फ़ाउण्डेशन नेपाल प्रोजेक्ट पार्टनर रहि टोट अल केयरको सहकार्यमा पोखराका विभिन्न ५ स्थानमा सो कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पशुपति शर्माले बताए । उनका अनुसार सर्वसाधारणको अत्याधिक भिड़भाड रहने पोखरा महानगरपालिका, ज़िल्ला प्रहरी कार्यलय कास्की, वडा प्रहरी कार्यलय बैदाम, जिल्ला ट्राफिक कार्यलय कास्की र मात्रीशिशु सामुदायिक अस्पताल बाटुलेचौरमा डिस्निफेक्सन एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले कोभिड(१९ ले डर लाग़्दो अवस्था लिईरहेको समयमा डिसइन्फेक्सन कार्यक्रम स्वागतयोग्य रहेको बताए । उनलेले केहिदिन अघिदेख़िको लकड़ाउनलाई लक्षित गर्दै समुदायलाई नै परिचालित गरेर समुदायलाई नै सचेत गराउनु पर्ने आवश्यकता रहेको लकडाउनले मात्र समाधान दिन नसक्ने बताए ।
बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष एवं रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष दिलीपराज श्रेष्ठले केमिकल प्रयोग बारे जानकारी गराउदै पि एच र जैविक तत्वबाट कम प्रभावित हुनुको साथै क्लोरिनले ज़स्तो अमोनियासंग समाहित भई क्लोरामाइन नबनाउने कारणले गर्दा मानव शरीरका साथै सागसब्जी, फलफुल, माछामासुको कीटाणुनासकको रुपमा पनि प्रयोग गर्न सकिने बताए ।
क्लबका अध्यक्ष पशुपती शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भूटानका असाइन गभर्नर बिष्णुहरी तिमिल्सिना, क्लबका सचिव अमृतराज बास्तोला लगाएतले आ(आफ़नो भनाई राखेका थिए ।
Comments are closed.