कोरोना महामारी विरुद्धको युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीको नेतृत्वमा

काठमाडौं । कोरोना महामारी विरुद्धको युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीकोे सहायताबाट मात्रै लड्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना महामारी विरुद्धको लडाईमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

‘कोरोरा महामारी विरुद्धको युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाईं हो भन्ने हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओली भने, ‘आजसम्मको तपाईंहरुको भूमिका महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलेको छ ।’

अबको लडाईंको जित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको हौसला, विशेषज्ञता, कर्तव्यनिष्टतामा अडिएको समेत उनले बताए । ‘तपाईंहरुको आडको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्दछ,’ उनले भने, ‘यसैलाई ध्यानमा राखी उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुर्ला ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसेको छ ।’ राहत तथा सुविधा प्रदान गरिने तथा स्वास्थ्य उपकरणको व्यवस्था गरिने ओलीले बताए ।

‘अर्थतन्त्रलाई गतिशील राख्न मेघा प्रोजेक्टहरुको निर्माण जारी’

अबको २ साता चुनौतिपूर्ण छ, जो जहाँ छौं त्यहीँ सुरक्षित रहौंः प्रधानमन्त्री

कोरोनाको उच्च जोखिममा नेपालः प्रधानमन्त्री

 

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.