कोरोना संक्रमित थपिने क्रम जारी, आज थपिए १५१३ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९२ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म १० लाख ९ हजार २ सय ९८ पिसिआर परिक्षण भएको छ ।

सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३१ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ५५ हजार ३ सय ७१ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.