काठमाडौं । कोरोना संक्रमित बढेसँगै राजधानी काठमाडौंमा कडा लकडाउन हुने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको स्रोतले बतायो ।
बुधबार राति १२ बजदेखि भदौ १० गतेसम्म एक साताका लागि निशेधाज्ञा गर्न लागिएको हो । निशेधाज्ञा अवधिभर अत्यावश्यक सेवाका बाहेक कुनै पनि सवारी चल्न दिइनेछैन । अत्यावश्यक बाहेकका सबै व्यापार व्यवसाय पनि ठप्प हुनेछन् ।
Comments are closed.