कोरोना सचेतना अभियानमा सञ्चार सहकारी, व्यावसायिक कर्जाको व्याज मिनाहा

पोखरा, ७ चैत । पोखराको न्युरोडमा रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोरोना भाइरसको सचेतना अभियान सञ्चालन गरेको छ । कोरोना भाइरसको प्रकोपबाट बच्न सतर्क रहन आग्रह गर्दै सहकारीले सेयर सदस्यहरुलाई सेनिटाइजर र मास्क वितरण सुरु गरेको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कोरोना सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । शुक्रबार पहिलो दिन ५० जना सेयर सदस्यलाई सेनिटाइजर र मास्क वितरण गरिएको प्रवन्ध निर्देशक पवित्रराज तिवारीले जानकारी दिए । ‘सम्पूर्ण सेयर सदस्यलाई मास्क र सेनिटाइजर वितरण गर्नेछौं,’ उनले भने ।

यसैबीच, सहकारीले प्रदान गरेको व्यावसायिक कर्जामा लाग्ने व्याजसमेत मिनाहाको निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण व्यवसाय धरासायी भएपछि सहकारीले कर्जाको अवस्था हेरी ३ महिनासम्मको व्याज हिनाहा गर्ने निर्णय गरेको ढुंगानाले जानकारी दिए । ५ करोड रुपैयाँ सेयर पुँजी रहेको सहकारीले १८ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरी २० करोड १२ लाख रुपैयाँ ऋण लगानी गरेको तिवारीले जानकारी दिए ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...