कौसी तरकारीखेती तालिम सञ्चालन

तनहुँ, ११ चैत
तनहुँको व्यास नगरपालिका–३ ले कौसी तरकारीखेती तालिम सञ्चालन गरेको छ ।  घरबाट निस्केको कुहिने फोहोर न्युनिकरण गर्ने उद्देश्यले घरको छतमा आर्गनिक तरकारी खेतीको तालिम सञ्चालन गरिएको वडा सदस्य रबिन पौडेलले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले बजार क्षेत्रमा अभियानको रुपमा कौसीखेती अभियान सञ्चालन गरे कुहिने फोहोरको व्यवस्थापन सजिलै गर्न सकिने बताए । तालिमलाई व्यवहारमा उतार्न सुझाव दिदै न्यौपानेले तालिम पश्चात अनुमगन गरिने र उत्कृष्ट उपभोक्तालाई पुरस्कृत गरिने बताए । साथै न्यौपानेले नमुना अभियान सफल भएमा बजार क्षेत्रमा कौसीखेती कार्यक्रम आगामि वर्षबाट लागु गरिने समेत जानकारी दिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत वावुराम उप्रेतीले बजार क्षेत्रमा खेत गर्ने जमिनको अभाव हुने तथा फोहोरको व्यवस्थापनमा समेत सहयोग पुग्ने हुँदा दमौली वजारलाई लक्षित गरी तालिमको आयोजना गरिएको जानकारी दिए ।

तालिमको आयोजक वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र गण्डकी प्रदेशका निर्देशक एवं कार्यक्रमका सभापति राजेन्द्र बासुकलाले कास्कीबाट सुरु भएको यो अभियान तनहुँ हुँदै प्रदेश भर गर्ने लक्ष्य रहेको बताए ।  कार्यक्रममा वडा नं ३ का वडा सदस्य रबिन पौडेल, शान्ति नगर टोल विकास संस्थाका अध्यक्ष विनु श्रेष्ठ लगायतले बोलेका थिए । ३ दिने उक्त वडा नं ३ र ४ का ३५ जना सहभागिता रहेको छ ।

You might also like

Comments are closed.