क्यान कास्कीको आयोजनामा डिजिटल बित्तिय सेवा तथा बित्तिय समाबेशीकरण सम्वन्धी आईसिटि सेमिनार

पोखरा, २८ साउन

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीको आयोजनामा डिजिटल बित्तिय सेवा तथा बित्तिय समाबेशीकरण शिर्षकमा आईसिटि सेमिनार सोमबार सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमानले काय्र्रक्रमको उद्घाटन गरे । उक्त अवसरमा बौल्दै चुमानले आज को युग डिजिटल युग भएकोले आईसिटिको प्रयोग गरेमा आजको बित्तिय सेवालाई छिटो छरितो गर्न सकिने बताए । संसारका बिकसित मुलुकले यसको पश्योग गरिसकेको र हामिले पनि यसको प्रयोग गर्नु पर्ने साथै यसले भष्टाचारलाइ्र्र न्युनिकरण गर्न सकिने बताए । नेपालमा सघियताको पहिलो अभ्यास भएको र आफुहरु कानुन बनाउद्रै रहेको तथा सुचना तथा प्र्रविधि सम्बन्धि कानुन बनाउदा क्यानले पनि सहयोग गर्नुपर्ने उनको धारण छ ।

आईएमई पे को स्पोन्सरमा भएको उक्त कार्यक्रम मा श्रोत ब्यक्तिका रुपमा माधव कटुवाल ले डिजिटल वित्तिय सेवाहरु र अर्का श्रोत ब्यक्तिका रुपमा क्यान सेन्टर केन्द्रिय कार्यकारी सदस्य तथा इन्फाडेभलपर्स प्रा।लि।का सिईओ उमेश रघुबंशीले बित्तिय समाबेशीकरण को बारेमा कार्यपत्र प्र्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले क्यान कास्कीले सूचना तथा प्रविधिका क्षेत्रमा धेरै रचनात्मक कार्यक्रम गरेको बताए । सूचना प्रविधिका क्षेत्रमा उद्योग वाणिज्य संघले क्यान कास्कीसँग सहकार्य गर्ने उनको भनाइ छ ।
कार्यक्रममा क्यान गण्डकी प्रदेशका का.वा.अध्यक्ष तुलसी पाण्डे, कोषाध्यक्ष देव बोगटी क्यान कास्कीका पूर्व अध्यक्ष चण्डिप्रसाद अर्याल, लगायतले बोलेका थिए ।

उक्त कार्यक्रममा प्रशिक्षाथीकोको तर्फबाट बौल्दै कृष्मा पोखरेले आजको युगमा आईसिटिको युग यसको प्रयोग गरि बित्तिय कारोवार गरेको खण्डमा काम निकै छिटो र प्रभावकारी हुने बताईन ।

क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य संस्थाका लेखा संयोजक तथा कार्यक्रम संयोजक कृष्ण राज पोखरेले राखेका थिए भने धन्यवाद संस्थाका द्धितिय उपाध्यक्ष रुकमाङगत भण्डारी विश्वासले गरेको थिय भने कार्यक्रम सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.