क्यानको सक्रियतामा छाब्दी वाराहीमा निःशुल्क वाइफाई

आर्थिक आवाज
दमौली । तनहुँको व्यास नगरपालिका १४ स्थित धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल छाब्दी वाराही मन्दिर परिसरलाई निःशुल्क वाइफाई क्षेत्र बनाइएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ तनहुँले उक्त क्षेत्रमा निःशुल्क वाइफाईको व्यवस्था गरेको हो ।

वल्र्ड लिंक कम्युनिकेसन लि. दमौलीसंगको मुख्य सहकार्यमा वाइफाई जडान गरिएको क्यान तनहुँका पूर्व अध्यक्ष एवं क्यान गण्डकीका अध्यक्ष तुलसी पाण्डेले जानकारी दिए । क्यान महासंघका सचिव जगनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नेपाल पर्यटन वर्ष २०२० को प्रवद्र्वनको लक्ष्यसहित छाब्दी वाराहीमा निःशुल्क वाइफाई जडान गरिएको क्यान तनहुँका अध्यक्ष टीकाराम पनेरुले जानकारी दिए । ‘छाब्दी आउने पर्यटकको बसाईं अवधि बढाउन पनि वाइफाइले योगदान गर्नेछ,’ उनले भने, ‘अन्य क्षेत्रमा पनि यो अभियानलाई निरन्तरता दिनेछौं ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...