क्यान्सर रोगको शिविर तथा सचेतना कार्यक्रम चलाउदै सरु

पोखरा, २४ चैत

कर्णाली प्रदेश जुम्ला जिल्लाको सिजा गाँउपालिकामा निशुल्क क्यान्सर तथा जनरल शिविर सम्पन्न भएको छ । थाहा फाउन्डेसनको आयोजनामा चैत २१ र २२ गते शिविर संचालन भएको थियो । शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग रहेको थियो ।

शिविरको उद्घाटन गर्दै कर्णाली प्रदेशका पशु पंक्षी राज्य मन्त्री गोमा कुँवरले थाहा फाउण्डेसनले धेरै राम्रो काम गरेको बताईन् । महिलाको शरिरमा धेरै जोखिमपुर्ण रोगहरु लाग्ने हुदाँँ रोगबाट बच्न शिविर तथा जनचेतना मुलक कार्यक्रमले धेरै सहयोग पु¥याउने उनले बताईन् ।

शिबिरमा कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानका रेक्टर डा कमलराज शर्मा सहितको टोलिमा स्त्रीरोग बिशेषज्ञ, क्यान्सर सर्जन, मेडिकल सर्जन छाला रोग बिशेषज्ञ, मुटु तथा मधुमेय बिशेषज्ञ तथा नर्सहरुको सहभागिता रहेको कार्यक्रम संयोजक दल बहादुर जि.सीले जानकारी दिए । शिबिरमा आएका विरामीलाई ७२ किसिमका विभिन्न औषधी निशुल्क उपलब्ध गराईएको थियो ।

विकट स्थानमा राखिएको शिविरबाट विरामीले लाभ लिएका छन् । अरुवेला रोग लुकाउने मानिसले पनि शिविरमा खुलेर आफ्ना समस्या राखेको थाहा फाउण्डेसन का अध्यक्ष सरस्वती अधिकारी सरु ले जानकारी दिईन् । विकट ठाँउमा शिविर संचालन गरेर सेवा गर्न पाउदा अधिकारी खुसी छन् । उनले भावुक हुदै अफ्नो पिडा पनि पोखिन् । करिव ८ बर्ष पहिला आफुलाइ क्यान्सर भएको र समयमा नै उपचार गर्दा ठिक भएको वताईन् । आफुले पिडा भोगेका कारण अरुलाई पिडा नहोस भनेर देशका विभिन्न २० स्थानमा शिविर संचालन गरिसकेको अधिकारी बताउछिन् । ‘म यस कार्यलाई अझै धेरै ठाँउमा लैजानेछु र शिविर सगै जनचेतना पनि जगाउनेछु’, उनले भनिन् ।

शिविर सफल पार्न सहयोग गरेकोेमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भन्डारी, किटस्याक नेपालका दलवहादु जि.सी तथा समस्त प्राविधिक टोली तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी र साथीहरु प्रती आभार व्यक्त गरिन् । फाउन्डेसनले सोही ठाउँका बिपन्न तथा उत्पिडित बालबालिकालाई १८० थान न्यानो ज्याकेट र पचास बर्ष कटेकालाई ५सय थान टोपी र सारी पनि बितरण गरेको संस्थाका उपाध्यक्ष राधा सुवेदीले जानकारी दिईन् । शिविरमा कोषाध्यक्ष रेनु सुवेदी ,सदस्य कृष्ण गिरी ,ने क पा युवा सदस्य पदम शाही लगायतको उपस्थिती थियो ।

You might also like

Comments are closed.