क्यान्सर रोग सम्वन्धी सचेतना फैल्याएकोमा सामाजिक अभियन्ता सरु सम्मानित

पोखरा, २० भदौ ।
जाल्पा देबि महिला उद्धार समुह पोखरा ८ सिमलचौर ले  बार्षिकोत्वको अवसरमा सरस्वती दाहाल अधिकारी (सरु) लाई सम्मान गरेको छ । विशेष गरी महिलाहरुमा देखिने क्यान्सर रोग सम्वन्धी सचेतना फैल्याउने तथा विभिन्न स्थानमा शिबिर संचालन गर्न सहयोग गरेकोले सम्मानित गरिएको संस्थाका सचिव दुर्गा अधिकारीले जानकारी दिईन् । सोही कार्यक्रममा पोखरा महानगरवडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल पनि सम्मानित भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले समाजमा परिर्वतन ल्याउन तथा क्यासर जस्तो रोगको क्षेत्रमा काम गरेको भन्दै दाहालको प्रशंसा गरिन् । सम्मानले आफुलाई अझै जिम्मवारी बोध गराएको र अझै सशक्त रुपमा काम गर्ने सम्मानित व्यक्तित्व दाहालले बताईन् । साथै बि पि कोईराला मेमोरियल क्यान्सर अस्पताल, नेपाल अर्बुद रोग निवारण संस्था कास्की आफ्नो परिवार,साथिहरु लाई आफुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

संस्थाका अध्यक्ष कान्ति अधिकारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रुद्रनाथ बराल, संस्थापक अध्यक्ष शारदा शर्मा, वीरेन्द्र बिजुक्छे, कृष्णमान ठुसाजु, पार्वता पौडेल, कमला गिरी, पवित्रा केसी, शारदा गिरी, पत्रकार कृष्ण थापा, सुष्मा पौडेल लगायतले बोलेका थिए ।

संस्थाकी सचिव दुर्गा अधिकारी र कोषाध्यक्ष अमृता गिरीले प्रतिवेदन प्रस्तुत गरेका थिए  । राधिका थापाले स्वागत गरेकी थिईन् भने संचालन सचिव दुर्गा अधिकारीले गरेकी थिईन् ।

You might also like

Comments are closed.