आर्थिक आवाज
तनहुँ । कम्प्युटर एशोसिएसन महासंघ (क्यान) कास्कीको आयोजनामा हुन लागेको क्यान इन्फोटकको एघारौं संस्करणको तयारीलाई तिब्र बनाइएको छ । फागुन ११ गतेदेखि पोखरामा हुने इन्फोटेकको तयारीमा आफूहरु जुटिरहेको क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले जानकारी दिए ।
कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने उद्देश्य बमोजिम क्यान कास्कीले क्यान इन्फोटेक आयोजना गर्न लागेको हो ।
यसैक्रममा कम्प्युटर एशोसिएसन महासंघ (क्यान) तनहुँ शाखाले हालै तनहुँको दमौलीमा पत्रकार सम्मेलन गर्दै इन्फोटेकको तयारीलाई तिब्र बनाइएको जनाएको छ । गण्डकी प्रदेशस्तरीय इन्फोटेक आयोजना गरिएकाले प्रदेशका सबै जिल्लालाई समेटेर इन्फोटेक आयोजना गरिएको क्यान गण्डकीका अध्यक्ष तुल्सीराम पाण्डेले जानकारी दिए ।
इन्फोटेकमा वृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइटी कन्फेरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइसिटी वक्तृत्वकला प्रतियोगिता, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप साटफेर सुविधा, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं विक्री वितरण गरिने क्यान कास्कीका सचिव तथा इन्फोटेकका प्रचारप्रसार संयोजक सेवक क्षितीजले जानकारी दिए ।
फागुन १५ गतेसम्म सञ्चालन हुने इन्फोटेक मेलामा एक सय वटा स्टल रहनेछन् । इन्फोटेक सम्पन्न गर्न क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारीको संयोजकत्वमा ३५ वटा उपसमिति गठन गरिएको छ । इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकको आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने, ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्न अवसर प्रदान गर्ने सो अवसरमा जानकारी गराइयो ।
इन्फोटेकबाट बचत भएको रकमलाई सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । क्यानले विगतका वर्षहरुमा भएको नाफाबाट गृहिणीहरुलाई निःशुल्क कम्प्युटर तालीम, दृष्टिविहिनहरुलाई कम्प्युटर शिक्षा प्रदान गरेको थियो ।
विसं २०६५ भदौ १६ गते स्थापना भएको संस्था विसं २०७१ मा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) मा रुपान्तरित भएको थियो । क्यानले सूचना प्रविधिको विकास एवं प्रबद्र्धनको लागि स्थापनाकालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अगाडि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच पु¥याउन काम गरिरहेको छ ।
क्यान तनहुँका अध्यक्ष टीकाराम पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका गण्डकी अध्यक्ष तुल्सीराम पाण्डेले इन्फोटेकमा विश्व बजारमा आएका नवीनतम प्रविधि प्रदर्शनी गरिने भएकोले सबैले यसको अवलोकन गरी फाइदा लिनुपर्नेमा जोड दिए । ‘तनहुँसँगै प्रदेशका अन्य जिल्लामा पनि प्रचारप्रसार अभियानलाई जारी राख्छौं,’ उनले भने ।
Comments are closed.