क्यान इन्फोटेकको तयारी तिब्र, सपोर्टेड बाइमा कंगारु

आर्थिक आवाज
पोखरा, २० माघ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारी तिब्र बनाइएको छ । कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाले साथ दिने क्रम जारी रहेको क्यान कास्कीका सचिव विकास भुर्तेलले जानकारी दिए ।

यसै क्रममा इन्फोटेक सफल पार्न कंगारु एजुकेसन फाउण्डेसनले साथ दिएको छ । क्यान इन्फोटेकको सपोर्टेड बाइमा कंगारुले साथ दिएको हो । क्यान इन्फोटेक फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । समाज रुपान्तरणमा इन्फरमेसन टेक्नोलोजीले खेलेको भूमिकालाई आत्मसात गर्दै सामाजिक संस्था क्यानसँग सहकार्य गरिएको कंगारु पोखरा शाखाका सञ्चालक टि.आर. काफ्लेले जानकारी दिए ।

‘सूचना तथा प्रविधि आजको आवश्यकता हो । यसले समाजलाई डो¥याइरहेको छ,’ उनले भने, ‘सूचना तथा प्रविधिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि विदेशस्थित विभिन्न विश्वविद्यालय तथा कलेजले प्रधान गर्ने छात्रवृत्तीका बारेमा क्यान इन्फोटेकमा सूचना तथा परामर्श प्रदान गर्नेछौं ।’ विद्यार्थीलाई आवश्यक परेको खण्डमा ‘अन द स्पट असेसमेन्ट’ गरेर भर्ना गराइने उनले बताए ।

इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएको छ । क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुने क्यान कास्कीका उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए ।

You might also like

Comments are closed.