क्यान इन्फोटेकको सपोर्टेड बाईमा कंगारु एजुकेसन

आर्थिक आवाज
पोखरा, १६ माघ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’लाई कंगारु एजुकेसन फाउण्डेसनले साथ दिएको छ । क्यान इन्फोटेकको सपोर्टेड बाइमा कंगारुले साथ दिएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

क्यान इन्फोटेक फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । समाज रुपान्तरणमा इन्फरमेसन टेक्नोलोजीले खेलेको भूमिकालाई आत्मसात गर्दै सामाजिक संस्था क्यानसँग सहकार्य गरिएको कंगारु पोखरा शाखाका सञ्चालक टि.आर. काफ्लेले जानकारी दिए ।

‘सूचना तथा प्रविधि आजको आवश्यकता हो । यसले समाजलाई डो¥याइरहेको छ,’ उनले भने, ‘सूचना तथा प्रविधिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि विदेशस्थित विभिन्न विश्वविद्यालय तथा कलेजले प्रधान गर्ने छात्रवृत्तीका बारेमा क्यान इन्फोटेकमा सूचना तथा परामर्श प्रदान गर्नेछौं ।’ विद्यार्थीलाई आवश्यक परेको खण्डमा ‘अन द स्पट असेसमेन्ट’ गरेर भर्ना गराइने उनले बताए । क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुने क्यान कास्कीका सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिए ।

You might also like

Comments are closed.