क्यान इन्फोटेकमा पुराना कम्प्युटर हेर्ने अवसर, यस्तो बन्दैछ ‘सूचना प्रविधि संग्रहालय’

आर्थिक आवाज
पोखरा, १३ फागुन । क्यान कास्कीको आयोजनामा यही फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने क्यान इन्फोटेकमा संग्रहालय स्थापना गरिने भएको छ । गण्डकी प्रदेश स्तरीय भायानेट क्यान इम्फोटेकको विशेष आकर्षण बनाउने लक्ष्यसहित ‘सूचना प्रविधि संग्रहालय’ स्थापना गर्न लागिएको संग्रहालय व्यवस्थापन संयोजक सुनील पाण्डेले जानकारी दिए ।

‘संग्रहालयको अवलोकन निःशुल्क गर्न सकिन्छ,’ पाण्डेले भने, ‘संग्रहालयमा अहिले प्रचलनमा नरहेका कम्प्युटर, टाइपराइटर, नेटवकिङ, टेलिकम्युनिकेसन लगायतका उपकरण प्रदर्शन गरिनेछ ।’ संग्रहालयले सूचना, प्रविधिमा भएको तीव्र विकास र अहिलेका अवसर र चुनौतीसमेत बुझ्न सघाउने बताइएको छ । नयाँ पुस्तालाई ज्ञान सिकाउने यो अभियानलाई सघाउन आफूसँग भएका पुराना सूचना, प्रविधिसँग सम्बन्धित विद्युतीय उपकरण हस्तान्तरण गर्नसमेत संयोजक पाण्डेले अनुरोध गरे । ‘त्यसरी हस्तान्तरण गरिएका सामग्री नामसहित प्रदर्शनीमा राखिनेछ,’ उनले भने ।

You might also like

Comments are closed.