क्यान इन्फोटेकमा रोबोर्ट प्रदर्शनी तथा प्रतिस्पर्धा

सुरेश सापकोटा
संयोजक, अतिरिक्त क्रियाकला, क्यान कास्की

पोखरा । दसौं संक्करणको क्यान इन्फोटेकमा रोबोर्ट प्रदर्शनी तथा प्रतिस्पर्धा हुने भएको छ । रोबोर्ट प्रदर्शनी तथा प्रतियोगितामा पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु सहभागी हुने कार्यक्रम संयोजक सुरेश सापकोटाले जानकारी दिए । क्यान इन्फोटेककै अवसरमा फागुन २० गते प्रतियोगिता हुनेछ ।

‘रोबोटिक्स क्लब आइओई पश्चिमाञ्चल क्याम्पससँग आबद्ध भएका विद्यार्थीहरुले आफैले निर्माण गरेका लाइन ट्रयाकिङ रोबोटहरुबीच प्रतिस्पर्धा हुनेछ,’ उनले भने, ‘नेपालकै पहिलो प्रविधि विशेष प्रशिक्षणमा आधारित प्रतियोगिता गर्न लागिरहेका छौं ।’ जहाँ विद्यार्थीहरुले लाइन ट्रयाकिङ रोबोटदेखि गुगल स्वड्राइभिङ कारसम्मको रोबिटिक्स आयामहरु सिक्ने अवसर पाउने बताइएको छ ।

विश्वका विभिन्न देशका सडकहरुमा मानव रहित कारहरु गुड्नुका साथै हस्पिटलमा सर्जरीदेखि लिएर रेष्टुरेन्टमा वेटरसम्म रोबोटहरु देखिन थालेका छन् । यसरी तिव्र गतिमा विकसित भइरहेको रोबोटिक्स आफैमा एक बहुआयामिक विषय हो । अहिले विद्यमान सैद्धान्तिक शिक्षा प्रणालीमा रोबोटिक्स शिक्षाको माध्यमबाट प्रयोगात्मक शिक्षा प्रणालीको विकास गर्नु नै प्रतियोगिता तथा प्रदर्शनीको उद्देश्य रहेको सापकोटाले जानकारी दिए ।

You might also like

Comments are closed.