पोखरा । ब्रदरको ‘ए थ्रि’ साइजमा रिफिल ट्यांक सिस्टम एमएफसी–टि ४५०० डि डब्लु बजारमा आएको छ । यहाँको आधिकारिक बिक्रेता जेनेक्स ट्रेडर्सले यो प्रडक्टलाई पोखरामा पहिलो पटक लन्च गरेको छ । पोखरामा जारी क्यान इन्फोटेकको अवसरमा यो प्रडक्ट लन्च गरिएको कम्पनीका सेल्स डाइरेक्टर विजय केसीले जानकारी दिए ।
एचएल–टि ४००० डि डब्लुलाई पनि क्यान इन्फोटेकमै लन्च गरिएको छ । यी सेरिजहरुमा मोबाइल प्रिन्टिङ, टुसाइडेड प्रिन्टिङ, नेटवर्क प्रिन्टिङ, वायरलेस प्रिन्टिङ लगायतका विशेषता रहेको जेनेक्सका सञ्चालक नविन पौडेलले जानकारी दिए । ब्ल्याकले ६ हजार ५०० र अन्य थ्रि कलरले ५ हजार प्रिन्ट गर्न सक्ने क्षमता रहेको छ ।
यसैबीच, जेनेक्सले लेबल मेकर बनाउन सक्ने मेसिनहरु पनि प्रदर्शनीका लागि क्यान इन्फोटेकमा राखेको छ । जुन पोखराको बजारका लागि नयाँ तथा आवश्यक पर्ने प्रिन्टरहरु हुन सक्ने कम्पनीको विश्वास छ । जेनेक्सले कर्पोरेट सिरिजको प्रडक्टहरुलाई प्राथमिकतामा राखेको पौडेलले बताए । प्रतिमिनेट ५० प्रति प्रिन्ट गर्न सक्ने क्षमता राख्ने, २० हजारसम्म एउटै कार्टेजले प्रिन्ट गर्न सक्ने क्षमताका प्रिन्टर बिक्री गर्दै आइरहेको छ । यीनै प्रिन्टरमा एनएफसी कार्ड, सेक्युरिटी सोलुसन लगायतका सुविधा पनि उपलब्ध छन् ।
‘बजारमा आउने नर्मल र होम युजर प्रिन्टरहरु भन्दा फरक प्रडक्टलाई जेनेक्सले प्राथमिकतामा दिएको छ,’ केसीले भने, ‘उपभोक्ताले आफ्नो आवश्यकता अनुसारका उच्च गुणस्तरीय तथा धेरै विशेषता भएका पोडक्ट जेनेक्समा विकल्पसहित पाउनुहुनेछ ।’
Comments are closed.