क्यान इन्फोटेकलाई भायोनेटको साथ

आर्थिक आवाज
पोखरा, ३० पुस । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीद्वारा आयोजित क्यान इन्फोटेकलाई भायोनेट कम्प्युनिकेसन प्रा.लि.ले साथ दिएको छ । क्यान इन्फोटेकलाई यस पटक भायनेटले मुख्य प्रायोजन गरेको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

फागुन १८ देखि २४ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा दसौं संस्करणको क्यान इन्फोटेक हुँदैछ । सिटी रेवानद्वारा आयोजित सिटी रेवान महोत्सव तथा फुड फेस्टिवलसँग सहकार्य गरी यसपटक क्यान इन्फोटेक हुँदैछ । इन्फोटेकको तयारीलाई तिब्र बनाइएको क्यान कास्कीका सचिव विकास भुर्तेलले जानकारी दिए ।

You might also like

Comments are closed.