क्यान इन्फोटेक सम्पन्न, कुपन नं. २८९०८१३ लाई ल्यापटप उपहार

पोखरा, ९ फागुन । कम्प्युटर एसोएिसन नेपाल (क्यान) महासंघ कास्की शाखाले पोखरामा आयोजना गरेको नवौं क्यान इन्फोटेक सम्पन्न भएको छ । फागुन ४ गते सुरु इन्फोटेक ५ दिनसम्म चलेको थियो । शुक्रबार एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रदेश सांसद राजिव पहारीले इन्फोटेकको समापन गरे । कार्यक्रममा बोल्दै पहारीले सूचना तथा प्रविधिको विकास अनिवार्य आवश्यकता भएको बताए । सूचना तथा प्रविधि क्षेत्रमा क्यान कास्कीको सक्रियता प्रशंसनीय रहेको उनको भनाइ छ ।

क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा आयोजित समापन कार्यक्रममा बोल्दै क्यान केन्द्रका सचिव तथा कास्कीका संस्थापक अध्यक्ष जगन गुरुङले क्यान इन्फोटेकले सूचना तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । क्यान प्रदेश ४ का अध्यक्ष चिन्तामणि बास्तोलाले इन्फोटेकलाई समय अनुसार परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

यसैबीच इन्फोटेकमा प्रवेश गर्ने भाग्यमानी एक जना दर्शकलाई ल्यापटप उपहार परेको छ । लक्की ड्रका आधारमा कुपन नं. २८९०८१३ का दर्शकले ल्यापटप उपहार जितेका छन् । ल्यापटपलाई पाण्डे कम्प्युटरले स्पोन्सर गरेको हो । उक्त कुपनका दर्शकलाई क्यानको सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । अपेक्षा अनुसार क्यान इन्फोटेक सफल भएको अध्यक्ष पौडेलले बताए ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधि प्रदर्शनी तथा बिक्री गरिएको थियो । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय २० वटा स्टलहरु थिए ।

You might also like

Comments are closed.