क्यान कास्कीको आकस्मिक रक्तदान, ५३ युनिट रगत संकलन

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार आयोजित रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएकोे कार्यक्रम संयोजक युवराज पौडेलले जानकारी दिए । बजारमा रगतको अभाव भएकाले आकस्मिक रक्तदान कार्यक्रम गरिएको पौडेलले बताए ।

पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेको प्रमुख आतिथ्यतामा तथा क्यान कास्कीका अध्यक्ष विश्वास भण्डारीको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिक कार्यक्रम अन्तर्गत यस अगाडि पनि क्यान कास्कीले रक्तदान गरिसकेको क्यान कास्कीका सचिव सेवक क्षितीजले जानकारी दिए ।

You might also like

Comments are closed.