क्यान कास्कीद्वारा सहयोग हस्तान्तरण

पोखरा, १८ साउन ।

क्यान महासंघ कास्कीले, क्यान कास्कीका सदस्य सुगम कम्प्युटरका संचालक स्व भवानी प्रसाद पराजुलीको पुण्य तिथीको अवसर पारेर उक्त संस्थालाई सहयोग हस्तान्तरण गरेको छ । १ लाख ५५ हजार रुपैयाँ वरावरको फोटोकपी मेशिन सुगम कम्प्युटरका संचालक शारदा पराजुलीलाइ हस्तान्तरण गरिएको हो । उपचारको क्रममा पनि २ वर्ष अगाडि नै संस्थाको तर्फबाट नगद सहयोग गरिएको थियो भने सेक्रेटियल कामका लागि मद्दत पुग्ने र फोटकोकपीबाट आम्दानीको श्रोत वन्ने विश्वासका साथ यस पटक फाटोकपी मेशीन प्रदान गरिएको हो । गणित विषयका शिक्षक स्व भवानी प्रसाद पराजुलीको करिव ३ वर्ष देखि भारत र नेपालका विभिन्न अस्पतालमा लगातार उपचार भै रहेको थियो र उपचारको क्रममा नै गत चैतमा मृत्यु भएको हो ।

संस्थाका अध्यक्ष युवराज पौडेल, कार्यक्रमका प्रमुख अतिथी क्यान महासंघ कास्कीका संस्थापक अध्यक्ष तथा क्यान केन्द्रका सचिव जगनवहादुर गुरुङ, क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणी वास्तोला, संस्थाका पूर्वअध्यक्ष चण्डि प्रसाद अर्यालद्वारा संयुक्त रुपमा उक्त मेशिन हस्तान्तरण गरिएको हो ।

jutta mela

कार्यक्रममा संस्थाको तर्फवाट शारदा पराजुलीले उपचारको समय देखिनै अस्तब्यस्त रहेको संस्था क्यान महासंघ कास्कीले गर्दा आपूmलाइ सम्हाल्ने हौसला वढेको वताइन् । संस्थाका अध्यक्ष युवराज पौडेलले आप्mनो सदस्यको हक, हितको लागि सधै अगाडि वढ्ने क्यान कास्की सदस्यको दुख र सुखमा साथमा रहने वताए ।

संस्थाका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक भगवती हमालले स्वागत मन्तब्य र सह–सचिव सेवक क्षितिजले कार्यक्रम संचालन गरेका थिए ।

You might also like

Comments are closed.