क्यान महासंघ कास्कीको साधारणसभा

पोखरा, १६ भदौ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्की शाखाको ११औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रदेशको सम्वृद्धीको लागि सूचना तथा सञ्चारको विकास आवश्यक रहेको बताए ।
सूचना तथा प्रविधिको विकासमा क्यानको भूमिका महत्वपूर्ण रहेको बताउदै उनले सरकार सहयोग गर्न तयार रहेको धारणा राखे ।
कार्यक्रममा क्यानका केन्द्रीय सचिव तथा कास्कीका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, केन्द्रीय सदस्य अशोक राना, गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, पूर्व अध्यक्ष गुणानिधी पाण्डे, चण्डीप्रसाद अर्याल, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापती मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुङ्गाना, क्यान कास्कीका लेखा समिति संयोजक कृष्णराज पोखरेल, घननाथ सापकोटा, ईश्वरराज चालिसे लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । साधारणसभाले सचिव विकास भुर्तेलले पेश गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र तिवारीको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
You might also like
Ram Tulasi Palpa

Comments are closed.