क्यान महासंघ गण्डकीको अध्यक्षमा तुलसीराम पाण्डे

आर्थिक आवाज
पोखरा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ नेपालको गण्डकी प्रदेशको अध्यक्षमा तुलसीराम पाण्डे निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अगाडि उपाध्यक्ष थिए । पाण्डेले २६ मत ल्याउदा प्रतिस्पर्धी सुदिपराज भण्डारीले २० मत ल्याए ।

समितिको उपाध्यक्षमा नविन पौडेल, सचिवमा केशवराज भट्टराई, कोषाध्यक्षमा राजेन्द्र तिवारी र सहसचिवमा शिशुबाबु प्रधान निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष चिन्तामणि बास्तोला पदेन सदस्य रहनेछन् । प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला अध्यक्षहरु पदेन सदस्य रहनेछन् ।

You might also like

Comments are closed.