क्यान महासंघ नेपाल प्रदेश ४ अध्यक्षमा चिन्तामणि बास्तोला

पोखरा । कम्प्युटर एसोसिएसन महासंघ (क्यान) नेपाल प्रदेश ४ को अध्यक्षमा चिन्तामणि बास्तोला निर्वाचित भएका छन् । हालै काठमाडौंमा सम्पन्न २४औैं वार्षिक साधारणसभा तथा अधिवेशनबाट उनी प्रदेशको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

बास्तोला क्यान कास्कीका निबर्तमान अध्यक्ष हुन् । कञ्चन कम्प्युटर सेवाका सञ्चालक बास्तोला सूचना तथा प्रविधिको क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । सबै जिल्ला शाखासँग समन्वय गरेर क्यान प्रदेशलाई उत्कृष्ट बनाउने बास्तोलाले प्रतिबद्धता व्यक्त गरे । बास्तोलाले शनिबार नै सपथ ग्रहण गरेका छन् ।

समितिको उपाध्यक्षमा तनहुँका तुल्सी पाण्डे, सचिवमा बागलुङका सुदिप राजभण्डारी, कोषाध्यक्षमा स्याङजाका देव बोगटी, सहसचिवमा कास्कीका राजेन्द्र शर्मा निर्वाचित भएका छन् । प्रदेश अन्तर्गत ७ वटा जिल्लामा क्यानको शाखा छ । सबै अध्यक्ष पदेन सदस्य रहनेछन् । ३ जना सदस्य मनोनित हुने अध्यक्ष बास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.