पोखरा ।
गण्डकी क्रसर उद्योग व्यवसायी संघले गण्डकी प्रदेशको कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा कोषध्यक्ष रामकृष्ण मल्ल लगायत व्यवसायीको सहभागिता रहेको संघका सचिव छत्रधर आत्रेयले जानकारी दिए ।
Comments are closed.