क्रस कन्ट्री दौडको उपाधि नेपाल आर्मीका खत्रीलाई

पोखरा २७ माघ ।
स्याङजामा सम्पन्न प्रथम क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका ३५ बर्षिय धावक राजन खत्रीले जितेका छन् । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा शनिबार सम्पन्न सो दौडमा ३१ धावकलाई पछि पार्दै निर्धारित ३१ किलोमिटर १ घन्टा ५७ मिनेट ५९ सेकेन्डमा पार गरी खत्रीले उपाधि जितेका हुन् । उपाधिसँगै उनले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु ५० हजार हात पारे ।

त्यसैगरी २ घन्टा ३ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरेर द्धित्तिय बनेका भीरकोट– ५, स्याङ्जाका १९ वर्षे अशोक थापाले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गरे । २ घन्टा १० मिनेट ३ सेकेन्डमा ३१ किमि पुरा गर्दै तेस्रो स्थान हासिल गरेका जुम्लाका धीरबहादुर बुढाले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु ३० हजारमा चिक्त बुझाए ।
२१ वर्ष मुनिका १४ किलोमिटर दौडमा पुतलीबजार नगरपालिकाका कमलप्रसाद श्रेष्ठले ६४ जनालाई पछाडि पार्दै १ घन्टा १४ मिनेट ५२ सेकेन्डमा दुरी पार गरी प्रथम भए । श्रेष्ठले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु २० हजारको प्राप्त गरे । त्यस्तै १ घन्टा १५ मिनेट ५२ मिनेटमा दौड पूरा गर्दे भीरकोटका गणेश गुरुङले दोस्रो हुँदै मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु १५ हजार हात पारे भने १ घन्टा १७ मिनट २३ दौड पूरा गर्दै तृतीय बनेका बिरुवाका रुद्रबहादुर भुजेलले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले उद्घाटन गरेका सो दौड प्रतियोगिताका विजेता तथा सहभागी धावकलाई सांसद तथा कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद मरासिनी, गण्डकी प्रदेश सभा सदस्य दिपक चर्ती मगर, पुर्व राष्ट्रिय फुटबल खेलाडी तथा मेजर कृष्ण आले मगर, जिल्ला समन्वय समिती स्याङ्जाको अध्यक्ष सीता सुन्दास लगायतले पुरस्कार बितरण गरेका थिए ।
सो अबसरमा बोल्दै ग्रामिण क्षेत्रमा आयोजित राष्ट्रिय स्तरको दौड प्रतियोगिताले पर्यटन पर्बद्धनमा सहयोग पु¥याउनले उल्लेख गर्दै आफ्नो तर्फबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो दौड कोल्माको बराहचौरबाट सुरु भई काहुले, डाडाँस्वारा, नाम्चे, काल्खु, राईपुर बिसौना, पोखरीछाप हुदै ओडारे, खुदी, मड्किना भञ्ज्याङ्, बराहखोला हुदै पुन कोल्मा बराहचौरमा आएर सम्पन्न भएको थियो ।
कार्यक्रम सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष जीत बहादुर गुुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.