क्राउन हिमालयज र राइनो लजले ल्यायो सस्तोमा दशैं प्याकेज

पोखरा । दशैंमा पोखरा र चितवन घुम्न चाहनेका लागि आकर्षक प्याकेज आएको छ । पोखराको क्राउन हिमालयज र चितवनको राइनो लजले बन्डलिङ गरेर प्याकेज ल्याएको हो ।

यो दुबै होटलका लगानीकर्ता एकै हुन् । दशैंका बेला घुमौं पोखरा–चितवन भन्ने नारासहित २३ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएका हुन् । यो प्याकेज नेपाली नागरिकलाई मात्रै लक्षित गरेर ल्याइएको क्राउन हिमालयजका निर्देशक आग्रह अर्यालले जानकारी दिए ।

दशैंको समयमा दुई पर्यटकीय नगरीमा स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिन खोजिएको अर्यालले बताए । ‘चार रात पाँच दिनको प्याकेज ल्याएका छौं,’ उनले भने, ‘राइनो लजमा दुई रात र क्राउन हिमालयमा दुई रातको बसाई हुनेछ । आन्तरिक पर्यटकले चितवनमा हात्ति सफारी, बर्ड वाचिङ, क्यानोई राइड र इलेफेन्ट ब्रिडिङ सेन्टरमा निशुल्क घुम्न पाउनेछन,’ ।

साइट सिन, फेवातालमा एक घण्टा बोटिङ र एक जनालाई स्पामा २० प्रतिशत छुट हुनेछ भने दुबै होटलमा ब्रेकफास्ट निशुल्क हुनेछ । पछिल्लो समयमा दशैंमा घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेज ल्याएको उनले बताए । ‘हाम्रो उद्देश्य दशैंका बेलामा नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेज ल्याएका हौं,’ उनले भने । दुबै होटलमा पिकअप र ड्रप निशुल्क हुनेछ । यो नोभेम्बर ३ तारिखसम्म मात्रै लागु अर्यालले बताए ।

You might also like

Comments are closed.