क्रिकेटर सन्दिपलाई अटोवेज र प्रतिभाको सम्मान

पोखरा, १३ जेठ ।

अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई टोयटा र आइसर गाडीको आधिकारिक बिक्रेता अटोवेज प्रालि पोखरा र प्रतिभा उच्च मावि पोखराले सम्मान गरेको छ । आइतबार एक कार्यक्रमका बीच उनलाई १ लाख रुपैयाँसहित सम्मान गरिएको हो ।

प्रमुख अतिथि प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनले उनलाई सम्मान गरेकी हुन् । कार्यक्रममा बोल्दै पुनले राष्ट्रिय प्रतिभाहरुको सबैले सम्मान गर्नुपर्ने बताइन् । क्रिकेटको माध्यमबाट नेपाललाई संसारभर चिनाउन सफल भएकाले सन्दिपलाई सम्मान गरिएको अटोवेजका प्रवन्ध निर्देशक तथा प्रतिभाका अध्यक्ष नारायण पौडेलले बताए ।

कार्यक्रममा बोल्दै सन्दिपले सम्मानले थप प्रोत्साहन मिलेको धारणा राखे । आगामी दिनमा अझ राम्रो खेल खेल्न प्रयास गर्ने उनले बताए ।

You might also like

Comments are closed.