क्रियापुत्री भवन निर्माणका लागि ३३ हजार सहयोग

दमौली, ४ असार ।

व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणाधीन क्रियापुत्री भवनका लागि निर्माण समितिका अध्यक्ष व्यास–३, पराशर टोल निवासी उपेन्द्र लम्सालले ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरेका छन् । लम्सालले उक्त रकम क्रियापुत्री भवन निर्माण समितिकी कोषाध्यक्ष मन्जु वाग्लेलाई प्रदान गरेका हुन् ।

रकम हस्तान्तरण गर्दैै लम्सालले भवन निर्माणका लागि आफूलाई नेतृत्व गर्ने अवसर मिलेकोमा सबैमा आभार प्रकट गर्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सहयोग रकम ग्रहण गर्दै समितिकी कोषाध्यक्ष वाग्लेले क्रियापुत्री भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि समितिले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताईन् ।

व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ । व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा उक्त भवनको निर्माण कार्य सम्पन्न गरिने बताइएको छ ।

You might also like

Comments are closed.