क्रिष्टल मण्टेश्वरीका म्यानेजिङ डाइरेक्टर रीनालाई पितृशोक

पोखरा, १६ चैत । क्रिष्टल इण्टरनेशनल मण्टेश्वरी किण्डरवल्र्ड जरेवर लेकसाइडका म्यानेजिङ डाइरेक्टर रीना पौडेललाई पितेशोक परेको छ । पौडेलका पिता चतुर्भुज शर्माको गत चैत्र १३ गते राति ४ बजे काठमाडौंस्थित निवासमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत वर्ष मुटुको भल्व फेरि बाच्न सफल उनी उपचारका लागि काठमाडौं गएको भए पनि रातको समय रक्तचापमा आएको कमीले उठ्न सकेनन् । स्वर्गीय चतुर्भुज शर्माका एक श्रीमती, दुई छोरा, दुई छोरी तथा छ जना नातिनातिना छन् । ठूलो छोरी रीना पौडेलको निर्देशनमा रहेको मण्टेश्वरीका उनी अध्यक्षसमेत हुन् ।

You might also like

Comments are closed.