क्लबको पवित्र उद्देश्य सफल पार्न साथ

 

दीनेशकुमार चौधरी
सञ्चालक, सिजी हार्डवेयर, पोखरा

युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचोकमा पोखरा महोत्सव जारी छ । महोत्सवलाई यस पटक जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । जगदम्बा स्टिलको यस क्षेत्रको बिक्रेता सिजी हार्डवेयर पोखराका सञ्चालक दीनेशकुमार चौधरीसँग आर्थिक आवाजले गरेको कुराकानीः

 

पोखरा महोत्सवलाई मुख्य प्रायोजन किन गर्नुभएको हो ?
महोत्सव चिडिया घर निर्माण गर्ने पवित्र उद्देश्यले आयोजना गरिएको हो । मेला महोत्सव त धेरै हुन्छन्, तर यस्तो पवित्र उद्देश्यले कमै मात्र हुन्छन् । चिडिया घर निर्माण गर्ने भनेरै पोखरा युनाइटेड क्लवले महोत्सव शुरु गरेको हो । चिडियाघर निर्माण गर्ने उसको सपना हो । यस्तो पवित्र उद्देश्यले गरिने कार्यलाई सबैको साथ र सहयोग आवश्यक हुन्छ, त्यसैले हामीलेपनि चिडियाघर निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीहरुलाई आग्रह गरेर महोत्सवलाई सहयोग गरेका हौं । यसमा मैले आयोजक पोखरा युनाइटेड क्लव र प्रायोजक फ्याक्ट्री बिच सम्झौता गर्ने पुलको काम गरेको हुँ ।

महोत्सवसँग निरन्तर जोडिरहनु को कारण ?
हो हामी यो पाचौं पटकसम्म पनि निरन्तर जोडिइरहेका छौं । ३ पटक शालिमार सिमेन्टबाट ग¥यौं, ओम इन्टरनेसनल सिमेन्ट र यो पटक जगदम्बा स्टिललाई भनेर प्रायोजन ग¥यौं । मैले चिडियाघर बनाउने पोखराबासीको सपना, पोखरा युनाइटेड क्लवको सपना पूरा गर्नका लागि योगदान गरौं र आफ्नै प्रोडक्टको पनि प्रवद्र्धन हुन्छ भनेर कन्भिन्स गराएँ ।

चिडिया घर बन्दा केहि फाइदा देखेर हो यसरी सहयोग गर्नु भएको ?
हो, चिडिया घर निर्माणमा केहि फाइदाहरु छन् । सर्व प्रथमत चिडिया घर पोखरामा बन्नु नै गर्वको कुरा हो । यो बन्यो भने पर्यटकिय गन्तव्य बनाउन पनि सहयोग गर्छ । हेर्नकै लागि मानिसहरु पोखरा आउँछन् । यसले पर्यटनमा गुणात्मक फाइदा पु¥याउँछ । पर्यटक आएपछि पोखरा बस्ने हो । यसले पोखराकै अर्थ व्यवस्था चलायमान पनि गराउँछ । त्यसैले यसवाट बहु आयामिक फाइदा हुन्छ ।

प्रायोजकलाईचाहिं कस्तो फाइदा हुन्छ ?
प्रायोजकलाई फाइदा हुन्छ । पोखरा महोत्सव पोखराको ठूलो महोत्सव हो । यसमा प्रायोजन गर्दा माइलेज पनि राम्रो हुन्छ । मार्केटिङमा त सघाउँछ नै यसले ब्राण्डिङमा पनि सघाउँछ ।

चिडिया घर निर्माण हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
म यो चिडियाघर निर्माणको योजना बाटै प्रभावित छु । यसले मेरो दिलमै छोयो । यो कन्सेप्टमा मन्त्री, कर्मचारीदेखी पोखरेली सबैको समर्थन छ । त्यसैले यो बन्छ भन्नेमा म शतप्रतिशत विश्वस्त छु । बरु केहि समय लाग्न सक्छ तर बन्छ । म त सबै पोखराबासी दाजुभाई तथा दिदी बहिनीलाई आग्रह गर्न चाहन्छु कि यो चिडिया घर पोखराको हो, पोखराबासीको हो । त्यसैले यो निर्माण गर्ने जिम्मापनि पोखराबासी सबैले लिनुपर्छ र त्यसका लागि लाग्न म आग्रह गर्छु । म आयोजकलाई पनि आग्रह गर्दछु कि सम्पूर्ण पोखरेली र सरकारलाईसमेत एकै ठाउँमा ल्याएर चिडिया घर छिटो भन्दा छिटो बनाउनुस् ।

प्रायोजन गर्ने जगदम्बा स्टिलचाहिं कस्तो कम्पनी हो ?
जगदम्बा स्टिल नेपालको आइरनको मामलामा डन हो । नेपालकै सबैभन्दा ठूलो फ्याक्ट्री भएको कम्पनी हो । यो भारतको टाटा कम्पनी भनेर नाम चलेको र विश्वास गर्छन् मान्छेहरु, हो त्यस्तै नेपालमा पनि छडको मामलामा जगदम्बा स्टिललाई आँखा चिम्लेर विश्वास गर्छन् ।

जगदम्बा स्टिलको बजार कस्तो छ ?
नेपालमा जगदम्बा स्टिलको बजार सबैभन्दा धेरै छ । नेपालको झण्डै आधा हिस्सा यसले ओगटेको छ । पोखरामा पनि पचास प्रतिशत भन्दा बढी प्रयोग जगदम्बा स्टिलकै छ ।

जगदम्बा स्टिलको विशेषता के हो ?
यो पहिले भन्दा सुधारिएर आएको छ । अहिले प्रविधिमा पनि आधुनिकीकरण गरेसँगै बलियो छड निर्माण हुनेगरेको छ । भुकम्पसमेत धान्न सक्ने क्षमता छ यो जगदम्बा स्टिलको ।

तपाईंले कहिलेदेखि व्यवसाय शुरु गर्नु भएको हो ?
मैले ५५ सालदेखी व्यवसाय शुरु गरेको हुँ । लगभग २१ वर्ष भइसक्यो ।

हार्डवयर व्यवसायको मूल समस्याहरु के के छन् ?
हार्डवयर व्यवसायका समस्या भनेको उधारो सामान लगेर पैसा नतिर्नु हो । एउटा विश्वासले सामान दिएको हुन्छ । त्यो सामान हामीले पनि सित्तैमा ल्याएको होइन, क्यास पैसा तिरेरै ल्याउने हो । तर शुरुमा केहि दिनका लागि भनेर उधारो सामान लैजानेहरु पछि पैसा तिर्नै मान्दैनन् । जति मागेपनि आनाकानी गर्छन् । कति ले त चेक दिन्छन् तर बाउन्स हुन्छ । झण्डै २५ प्रतिशत चेक बाउन्स हुन्छ । त्यसैले अहिले हार्डवयर व्यवसाय जोखिममा छ । यस्तै अवस्था रह्यो भने हार्डवयर व्यवसाय संकटमा पर्छ । यो जोखिम कम गर्नका लागि प्रशासनले सत्यतथ्य बुझेर चेक बाउन्स गर्नेहरुलाई पैसा तिर्न बाध्य पार्नुपर्छ । त्यसो भयो भनेमात्र लगानीको वातावरण बन्छ ।

सिजी हार्डवयरबाट के–के बिक्री हुन्छ ?
छडमा जगदम्बा टिएमटी, योगशक्ति टिएमटी, शालिमार टिएमटी छ । त्यस्तै सिमेन्टमा शालिमार सिमेन्ट, शिवम सिमेन्ट, ब्रिज सिमेन्ट, ओम इन्टरनेसनल सिमेन्ट, सगरमाथा सिमेन्ट र अर्घाखाँची सिमेन्ट बेच्छु  । तर करीब ८५ प्रतिशत शालिमार सिमेन्ट बिक्री हुन्छ ।

You might also like

Comments are closed.