क्लब लिग भलिवलको उपाधि आर्मीलाई

सन्देश श्रेष्ठ
पोखरा, ७ पुस । विभागिय टीम नेपाल आर्मी क्लबले पोखरा सम्पन्न राष्ट्रिय पुरुष क्लब लिग भलिवल प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा शनिबार अपराह्न सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लवलाई ३÷२ को कठिन सेटमा हराउँदै डिफेन्डिङ च्याम्पीयन आर्मीले उपाधिमाथी कब्जा जमाएको हो ।

आर.बि.बि.–एन.भि.ए. राष्ट्रिय पुरुष क्लव लिग भलिवल प्रतियोगिताको उपाधि जितेको आर्मीले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको एपिएफले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । शनिबार भएको फाइनलमा आर्मीले एपिएफलाई १४–२५, २५–१९, २५–१८, १८–२५ र १७–१५ ले पराजित ग¥यो ।

प्रतियोगितामा नेपाल पुलिस क्लव तेश्रो भयो । पुलिसले शनिबार दिउँसो भएको खेलमा मणिमुकुन्द भलिवल क्लव–बुटवल, रुपन्देहीलाई सोझो सेटमा हराउँदै तेश्रो स्थान सुरक्षित गरेको हो । तेश्रो भएको पुलिसले ५० हजार र चौथो भएको मणिमुकुन्द भलिवल क्लवले २५ हजारसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा आर्मीका धनबहादुर भट्ट सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनलाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिएको थियो । त्यस्तै, आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट स्पाइकर, आर्मीका ईश्वर आले उत्कृष्ट लिबेरो, नेपाल प्रहरीका ईम राना उत्कृष्ट स्पाइकर, नेपाल प्रहरीका कुलबहादुर थापा उत्कृष्ट सर्भर, एपिएफका बिजय थापा उत्कृष्ट ब्लकर र आर्मीका कपिलकिशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत रुपमा उत्कृष्ट भएका सबै खेलाडी तथा प्रशिक्षकलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, क्रिकेट संघका पूर्व उपाध्यक्ष तथा गण्डकी प्रदेशका विकास समितिका सभापति एवम् सांसद दीपक कोइराला रुपकलगायतले पुरस्कार वितरण गरेका थिए ।

You might also like

Comments are closed.