क्लियर टिभीको वल्डकप अफर, प्याकेजमा विशेष छुट

पोखरा, ३० जेठ ।

क्लियर टिभीले विश्वकप वल्डकप अफर सार्वजनिक गरेको छ । वल्डकप अवधीभर लागु हुने उक्त अफरमा विशेष छुटसहित क्लियर टिभी जडान गरिएको आधिकारिक बिक्रेता पोखरा इन्टरनेट प्रालिका प्रवन्ध निर्देशक सरोज कोइरालाले जानकारी दिए । वल्डकप अवधीभर ४ हजार २ सय रुपैयाँको प्याकेजलाई २ हजार २ सय ६० रुपैयाँमा जडान गरिएको कोइरालाले बताए ।

उक्त छुटको जडानबाट २ सय ५३ वटा प्रिमियम च्यानलसहित ६ महिनासम्म टिभी हेर्न सकिनेछ । ‘क्लियर टिभी जडान गरी राम्रो दृश्यसहित वल्डकप हेर्न सकिनेछ,’ उनले भने, ‘विशेष छुटको वल्डकप अफरपछि क्लियर टिभी जडान गर्ने ग्राहक बढेका छन् ।’ एनालग सिग्नल काटिएको छ भने क्लियर टिभी जडान गर्न सकिने कोइरालाले बताए ।

पोखरामा क्लियर टिभी जडान भएको ६ महिना मात्र भएको छ । ६ महिनाको अवधीमा ४ हजार ५ सय ग्राहकले क्लियर टिभी जडान गरिसकेको प्रवन्धक विजेशशंकर पालिखेले जानकारी दिए । ‘पोखरा र लेखनाथ क्षेत्रमा क्लियर टिभी जडानको माग उच्च छ,’ उनले भने । क्लियर टिभी जडान गरेपनि चट्याङले समेत असर नपर्ने उनले बताए ।

पुरै डिजिटल प्रविधिमा क्लियर टिभीको जडान भइरहेको कोइरालाले बताए । हरेक टिभी जडान गर्ने क्रममा एउटा सेटअप बक्स उपहार प्रदान समेत गरिएको छ । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय टिभी च्यानलहरुको साथमा पोखराका स्थानीय टिभीहरुसमेत हेर्न सकिन्छ,’ उनले भने ।

सेवा शुभारम्भको अवसरमा प्रालिले सेटअप बक्सको अफर ल्याएको थियो । उक्त अफर समेत अहिलेसम्म जारी रहेको कोइरालाले जानकारी दिए । अहिले भइरहेका ग्राहकले पुरानै संरचनाबाट टिभी जडान गर्न सक्नेछन् । ‘सेटअप बक्समात्रै परिवर्तन गरेर तारहरु पुरानै प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

६ महिनाका लागि इन्टरनेट जडान गरेमा पनि ६ महिनाकै लागि निःशुल्क टिभी जडान गरिने उनले जानकारी दिए । उच्च गुणस्तर, स्तरीय च्यानल, २४सै घन्टा सेवा लगायतका विशेषताले क्लियर टिभीप्रति ग्राहकको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए । ‘व्यावसायिक प्रतिष्ठान तथा होटलहरुमा क्लियर टिभी जडानको माग राम्रो छ,’ उनले भने ।

You might also like

Comments are closed.