क्षमतावान कर्मचारी बनाई उत्कृष्ठ सहकारी बनाउने अभियानमा छौ

 

मीलन ढकाल
अध्यक्ष, म्यानेजर्स क्ल्व
मीलन ढकाल सहकारी क्षेत्रको एउटा परिचित नाम हो । जो २ दशक देखी सहकारीको क्षेत्रमा क्रियाशिल छन् । २०५५ साल चैत्र १८ गते बाट सहकारीको क्षेत्रमा प्रवेश गरेको व्यक्ती आज सम्म पनि यसै क्षेत्रमा रमाई रहेका छन् । हाल उनी कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको अध्यक्ष एवं पोखरा रोयल सहकारी संस्थाको मुख्य प्रवन्धक हुन् । यस क्षेत्रमा लामो समय सम्म रमाई रहनुको रहस्य र सहकारीका अवस्था वारेमा आर्थिक आवाजले गरेको कुराकानी

सहकारी क्षेत्र नै किन रोज्नुभयो ?
प्रारम्भमा नोकरीको लागि मात्र सहकारी क्षेत्र रोजेको थिए पछि वुझीसके पछि यो क्षेत्र छोडन् सकिन

रोयल सहकारी रोजाईमा पर्नुको कारण के हो ?
पोखरा रोयल सहकारी संस्था लिमिटेडमा रोजगारी गर्दा गर्व महशुश भएको छ । समितिको दवावमा नपरी नीतिगत व्यवस्था अनुसार कार्य गर्न पाईने एवं जुन संस्थामा नितान्त पारिवारिक वातारण छ त्यसमा काम गर्ने र गराउने दुवैलाई सहज हुन्छ त्यो रोयलमा भएकोले मेरो रोजाईमा यहि संस्था परि रहयो ।

पोखरा रोयल सहकारीको वर्तमान वित्तीय अवस्था कस्तो छ ?
पोखरा रोयल सहकारी संस्था लिमिटेडको हाल ५ हजार १५५ जना शेयर सदस्यलाई ३४ जना कर्मचारी मार्फत सेवा प्रदान गरिरहेको छ, । सहकारीको १८ करोड ४० लाख शेयर पुँजी, ७ करोड ८८ लाख जगेडाकोष, १ अर्व १२ करोड निक्षेप र १ अर्व १३ करोड ऋण लगानीमा रहेको छ भने १ अर्व ५९ करोडको कुल वासलात पुगेको छ ।

के कस्ता सेवा प्रदान गर्नुभएको छ ?
पोखराको सहकारीमा एटिएम मेसिनको पहिलो प्रयोग हाम्रो संस्थाले गरेको हो । यसको कारण सदस्यहरुले सहज रुपमा एटिएम कार्ड मार्फत कारोवार सञ्चालन गरि रहनु भएको छ जसको कारण काउन्टरमा भिड कम भएको र जनशक्ति कम लाग्ने भएको छ । हाल उक्त एटिएम नेपालमा मात्र चल्दछ तर छिट्टै नै भारत र चिनमा समेत चल्ने बनाउनको लागि पहल भै रहेको छ । हामीले सञ्चालन गर्ने सम्पुर्ण अन्य सेवाहरु सदस्य केन्द्रीत नै हुन्छन, सदस्यलाई जन्म देखि मृत्यु सम्मका योजना, प्रविधि मैत्री सेवा, उच्चतम प्रतिफल, उच्चतम व्याज प्रदान देखी सरल र कम व्याज दरमा ऋण प्रवाह गरेका छौ ।

रोयल सहकारी संस्था सञ्चालनको मुख्य आधार के हो ?
पोखरा रोयल साकोस नीति विधि र प्रविधिले सञ्चालित छ । हाल संस्थामा १० वटा नीति, २० वटा कार्यविधि र ४ वटा निर्देशिकाहरु छन भने थप १५ वटा निर्माणको क्रममा रहेका छन् । हो यिनै आधारले सहकारी संस्था सञ्चालन भएको छ । कुनै पनि काम नीतिगत व्यवस्था भन्दा वाहिर गएर हामी गर्दैनौ संस्थामा वित्तिय सुसासन कायम रहेको छ यहि नै हो संस्था सञ्चालनको मुख्य आधार हो भने हामी सहकारी विभाग र नेफस्कुनद्वारा सञ्चालित प्रोवशन कार्यक्रममा सरिक भएका छौ जसको कारण संस्थामा धेरै सुधार आएको छ । हामी समुह कार्यलाई बढी ध्यान दिने हुँदा सफलता हासिल गर्न सहज भएको हो भन्ने मलाई लाग्छ ।

रोयलको अवको लक्ष्य के छ?
हामीले हाम्रा सदस्यहरुलाई थप उच्चतम प्रतिफल दिने, कारोवारको आधारमा संरक्षित पुँजि फिर्ता कोष वितरण गर्ने, व्यवसायिक बनाउने, संस्थालाई नेपाल स्तरको प्रोवेशन व्राण्ड र एसिया स्तरको एक्सेस व्राण्ड लिन सक्ने बनाउने लक्ष्य लिएका छौ ।

कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको अध्यक्ष पनि हुनुहुन्छ, क्लव गठन गर्नुको उद्वेश्य के हो ?
कोअपरेटिभ म्यानेजर्स क्लव कास्की, सदस्यहरुको चाहना र आवश्यकता अनुसार गुणस्तरीय वस्तु तथा सेवाहरु उपलव्ध गराउनको लागि प्रवर्तनकारी अभ्यासहरु मार्फत कुशल व्यवस्थापनको माध्यमबाट सहकारीको संस्थागत विकास, सुशासनको प्रत्याभुती, व्यवसायिकरण र सवल तथा सुव्यवस्थित सहकारी अभ्यासको लागि सहकारीहरुमा कार्यरत व्यवस्थापक एवं कर्मचारीहरुको ज्ञान, शिप, अनुभव, क्षमता विकासको साझा थलोको रुपमा विकास गर्ने उद्धेश्यका साथ यस क्लवको स्थापना भएको हो । यसमा कास्की जिल्लामा सञ्चालित सहकारी संस्थाका प्रवन्ध निर्देशक र व्यवस्थापकहरु सदस्य बन्न पाउँछन ।

क्लव दर्ता गर्दा कहि कतै सहकारीका कर्मचारीले युनियन बनाउन लागे भनेर आलोचना पनि सुनिन्छ नि यस वारे तपाईको धारण के छ ?
यो एक महत्वपुर्ण प्रश्न हो । आज भन्दा २ वर्ष अगाडी यो क्वल के का लागि भन्ने विषयमा मैले पत्रिकामा लेख लेख्नै पर्ने भएको थियो । आज त्यो अवस्था छैन किनकि यो २ वर्षमा क्वलले के के काम गर्यो र सहकारी अभियालाई कति टेवा पुग्यो भन्ने कुरा २ वर्ष कै गतिविधिले वताई रहेको छ । आलोचना सहन सक्नु नेतृत्वको गुण हो र त्यसले कुनै न कुनै माध्यम बाट शिक्षा प्रदान गरि रहेको हुन्छ । हो हामीलाई पनि त्यहि शिक्षाले गर्दा आज यो क्लवले कास्कीमा मात्र नभै राष्ट्रिय रुपमा चर्चा पाई रहेको छ र पुन स्मरण गराउन चाहन्छु कि यो युनियन नभै क्वालिटी सर्कलको रुपमा कार्य गर्ने एउटा व्यवासायिक सर्कल मात्र हो ।

क्लवले कस्ता किसिमका गतिविधिहरु सञ्चालन गर्दछ ?
यसलाई छोटकरीमा हामी सिएमसी कास्की पनि भन्दछौ सिएमसी एक सामाजिक संस्थाको रुपमा दर्ता भएको भएता पनि यसको विधानमा स्पष्ट संग सहकारीका संघ र सहकारी वैंक संग समन्वय गरि आफ्ना कार्यहरु सञ्चालन गर्ने भन्ने व्यवस्था रहेको छ । सहकारी संस्थाको समिति, व्यवस्थापक र कर्मचारीहरु लाई विषयगत तालिम प्रदान गर्ने र गुणस्तरिय सहकारी संस्था कसरी निर्माण गर्न सकिन्छ भनेर आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छौ ।

यस अवधिमा क्लवले गरेका मुख्य मुख्य कार्यहरु के के छन् ?
हामीले सहकारी संस्थामा कर तथा लेखा व्यवस्थापन, नीति कार्यविधि निर्माण, व्यक्तिगत व्यस्थापन, बजार व्यवस्थापन, समितिको क्षमता वृद्धि, व्यवस्थापक को क्षमता वृद्धि, कोपोमिस, सहकारीको आगामी कार्यदिशा, व्यवस्थापक के हो लगायत थुपै्रै तालिम हरु सञ्चालन गरि रहेका छौ । सहकारी अभियानलाई आवश्यकता अनुसार प्राविधिक सपोर्ट गरिरहेका छौ । यसको ज्वलन्त उदाहरण यो छ कि हामीले सञ्चालन गरेको तालिमको प्रभावले गर्दा हाल कास्कीका थुप्रै सहकारी संस्थामा न्युनतम ६ वटा नीति कार्यविधिहरु बनेका छन् ।

क्लवको अवको कार्ययोजना के हो ?
हाम्रो मुख्य उद्धेश्य भनेकै क्षमतावान कर्मचारी बनाई उत्कृष्ठ सहकारी बनाउने र सहकारी अभियानलाई एउटा उचाईमा पुर्याउन अभियान्ताहरुलाई साथ दिने रहेको छ । यसको लागि हरेक संस्थामा कर्मचारी र समितिले आ–आफ्नो काम के हो भन्ने बुझ्न जरुरत छ तव मात्र हामी हाम्रो लक्ष्यमा पुग्ने छौ । आशा छ आगामी दिनमा सम्पुर्ण सहकारीकर्मीको सुझाव, सल्लाह, साथ र सहयोग हामीलाई प्राप्त भै रहने छ ।

You might also like

Comments are closed.