पोखरा, १८ माघ ।
पर्वतको महाशिला गाउँपालिका वडा नं. ४, (साविक पाखापानी गाविस वडा नं. १) चौडिला निवासी तिलकुमारी क्षेत्रीको उपचारको लागि छोरीहरुले याचना गरेका छन् । यहि मंसिर २७ गते धारामा नुहाउने क्रममा चिप्लीएर लडेर वेहोस भएकी ६९ वर्षिय क्षेत्रीको तत्काकै पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार गर्दा टाउकाको नसा फुटेकोले उपचार सम्भव नभएको भनेपछि पौष २ गतेदेखि काठमाडौंको न्युरो हस्पिटलमा उपचार गराई राखिएको छोरी गंगाकुमारी क्षेत्रीले वताईन्।
क्षेत्रीका श्रीमान ६ महिना अगाडि वितेका र घरमा भएको छोरा पनि अपाङ्ग रहेको, आफुसंग भएको पैसा सबै सकिएको र गरगहना पनि वेचेर सकिसकेको वताउँदै घरमा कमाउने कोही नभएकोले उपचारको लागि सहयोगको लागि आग्रह गरेकी छन् ।
गाउँमा प्रचलित चौडिली साईली आमा तिलकुमारीको उपचारको लागि हालसम्म कृष्णबहादुर क्षेत्रीले १० हजार, मिलन कार्की, घैलेन्द्र क्षेत्री, सन्तोष कार्की, बाबुराम क्षेत्री, टेकबहादुर क्षेत्री (सुर्जे) र जितबहादुर क्षेत्री (सरोज)ले जनही पाँच÷पाँच हजार गरी जम्मा ४५ हजार सहयोग प्राप्त भएको उनले वताईन् ।
उनले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सामाजिक संघसंस्थाहरु लायन्स क्लब, रोटरी क्लब, सरकारी तथा गैर सरकारी संस्थाहरुलाई आमाको सहयोग गर्न आग्रह गर्दै इच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई गंगाकुमारी क्षेत्रीको नाममा एनआईसी बैंकमा रहेको खाता नं. ६४०२०१३६७८२५२४०१ म सहयोग रकम जम्मा गरिदिनुहुन तथा फोन नं. ९८२३०३२३२८, ९८१४१०९२१० र ९८१८२१२०१० मा सम्पर्क गरी सहयोग गर्न सकिने वताईन् ।
Comments are closed.