क्षेत्रीय होटल सँघ तनहुँ भिमाद इकाई सभापतिमा गैह्रे

पुस २,तनहुँ।
क्षेत्रीय होटल सँघ तनहुँ भिमाद बजार इकाईकोे सभापतिमा बसन्त गैह्रे चयन भएका छन । सोमबार भिमादमा सम्पन्न इकाईको १३औँ वार्षिक साधारणसभा एवम् अधिवेशनबाट गैह्रे सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन ।
अधिबेशनले उपसभापतिमा अनिल कुमार श्रेष्ठ ,सचिवमा चिज कुमार श्रेष्ठ ,कोशाध्यक्षमा सीता थापालाई चयन गरेको छ ।
त्यस्तै गरी सदस्यहरूमा हरिप्रसाद ढकाल ,जँग बहादुर बिक,यम बहादुर राना, राजकुमार जोशी, राजकुमार श्रेष्ठ ,शालिकराम गैह्रे, प्रेम बहादुर राना चयन भएका छन ।  त्यस्तै सल्लाहकारमा टीका मायाँ थापा,कर्ण बहादुर थापा,ऋषिराम घर्ती र मोतिलाल थापालाई चयन गरिएको छ ।

यसअघि भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय होटल सँघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले तनहुँ जिल्लाभरका होटल ब्यबसायीहरू एकजुट हुनुपर्ने मा जोड दिएका थिए । होटल ब्यबसायीहरूलाई परेको समस्या समाधानमा क्षेत्रीय होटल सँघ सधै तयार रहने श्रेष्ठले विश्वास दिलाएका थिए ।
सो अबसरमा निबर्तमान अध्यक्ष गणेश कुमार श्रेष्ठ ,उपाध्यक्ष जीवन शाही ,राम जोशी,सचिव बिकास खनाल ,दमौलि इकाई सभापति चन्द्र कुमार कायस्थ ,चिजकुमार श्रेष्ठ ,सँगिता प्रधान, अनिल श्रेष्ठ लगायतले आ–आफ्नो धारण व्यक्त गरेका थिए । बसन्त गैर्हेको अध्यक्षतामा सम्पन्न कार्यक्रम चिजकुमार श्रेष्ठले सन्चालन गरेका थिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...