खतिवडा अब प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार, अर्थमन्त्रीकै हैसियतमा सिंहदरबार !

काठमाडौं । निबर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई सरकारको अर्थमन्त्री मै निरन्तरता दिन चाहेका थिए । राष्ट्रिय सभाको रिक्त सदस्यमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने पार्टीको निर्णयसँगै खतिवडाको अर्थमन्त्री यात्रामा पूर्ण विराम लाग्यो।

खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन नपाएपछि ओली आफैले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालको छन् । प्रधानमन्त्रीले खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरी अर्थ मन्त्रीकै हैसियतमा सिंहदरबार प्रवेश गराउन लागेका हुन् । खतिवडालाई मन्त्रीकै सरह सुविधा प्रदान गर्नेगरी उक्त पदमा मनोनित गर्नुले पनि यसलाई पुष्टि गर्छ ।

You might also like

Comments are closed.