खराने युवा क्लवको आयोजनामा रक्तदान, ५० युनिट रगत संकलन

 

लेखनाथ ।
खराने युवा क्लवको आयोजनामा रक्तदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा ५० युनिट रगत संकलन भएको थियो ।

कोरना भाईरसका कारण पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्ममा भएपनि समाधान गर्ने उदेश्यले रक्तदान कार्यक्र गरिएको सचिव सञ्जयराज तिमिल्सेनाले जानकारी दिए ।सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

क्लवका सल्लाहकार तथा खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीेले पहिलो रक्तदाता क्लवका अध्यक्ष सुबिन तिमिल्सानालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रम सुरु भएको थियो ।

छोटो समयमा सामाजिक सञ्जाल मार्फत गरिएको प्रचार प्रसारबाट पनि अनुमान गरेको भन्दा बढि रगत संकलन भएकाले आगामी दिनमा क्लवले बार्षीक क्यालेण्डर नै वनाएर रत्तदानको कार्यक्रम राख्ने सचिव तिमिल्सेनाले बताए ।

You might also like

Comments are closed.