खाजा बचाएर दृष्टिविहिनलाई सहयोग

पोखरा ३, फागुन ,
शितलादेवी मावि., पोखरा–१२ का कक्षा ६ र ७ का विद्याथीहरूद्वारा आफ्नो दैनिक खाजा खर्च जोगाएर दृष्टि विहिनहरू सहयोग गरेका छन् ।
अमरसिंह नमूना मावि, अमरसिंहचोक–१२ मा अध्ययन दृष्टिविहिन विद्यार्थीहरूलाई छात्रावासमै गएर रु. १२ हजार बराबरको खेलकुदका सामाग्री, कपी, खाद्यन्न

सामाग्रीहरू र केही पैसा दृष्टिविहिन छात्रावास प्रमुख नरेश नेपाललाई शितलादेवीका शिक्षक सन्तोष बि.क.ले हस्तान्तर गरेका हुन् ।
वर्तनमान अवस्थामा नैतिक शिक्षाको आवश्यकता तथा महत्वको बारेमा ज्ञान दिने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको शितलादेवी माविका गणित शिक्षक उपेन्द्र गिरीले बताए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...